गाईघाटमा बर्तालुको चहलपहल, हेरौं तस्बिर!

कास्की | साउन २, २०७९

गाईघाटमा बर्तालुको चहलपहल, हेरौं तस्बिर!

पोखरा:  साउन महिनाको पहिलो सोमबार शिब मन्दिरमा विशेष पुजा गर्ने गरिन्छ । विशेषगरि हिन्दु नारीहरु शिवजी र पतिको नाममा ब्रत बस्ने गर्दछन् । यसो गर्दा पतिको आयु बढ्ने र परिवारमा सुख प्राप्त हुने परम्परागत विश्वास रहदैं आएको छ । 

 

पोखरा महानगरपालिका १ सिमपानीस्थित गाईघाटमा बिहानैदेखि बर्तालुहरुको चहलपहल देखिन्थ्यो । 

 

गाईघाटबाट नदीको जल लगेर पोखरा ६ स्थित बैदामको केदारेश्वर मन्दिरमा रहेको शिवलिङ्गमा चढाइने गरिन्छ । यसो गर्दा आँटेको पुग्ने विस्वाश रहदै आएको छ ।

 

साउन महिना विशेष गरेर आशुतोष भगवान महादेवको प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रहिआएको छ । 

 

हरियाली चुरा पोतेलाई सौभाग्यको रुपमा लिइन्छ । भने सूर्य दक्षिणायनपछि विशेष चाडपर्वको शुुरुवातको संकेत गर्ने पुुर्वीय संस्कृतिमा साउने सोमबार आफैँमा विशेष महत्वको महिना मानिन्छ । 

 

हेरौं, १५ तस्बिरमा गाईघाट आसपासमा देखिएको साउने पहिलो सोमबारको बर्तालुहरुको रौनक:-

तस्बिर: सुनगाभाकर्मी बिबि रोकामगर

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्