पोखरामा प्लाष्टिकका फूल बेच्न नपाइने

के हुन्छ कारबाही ?

पाेखरा | कात्तिक १४, २०८१

पोखरामा प्लाष्टिकका फूल बेच्न नपाइने

पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूलका गुच्छाको आयात तथा विक्री वितरण गर्न रोक लगाएको छ । 

 

महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा  पोखराका प्लाष्टिकजन्य फूलका माला र फूलका गुच्छा विक्री गर्ने ८ वटा पसलहरुमा अनुगमन गरेको हो ।

 

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्र्तगत वातावरण विभागले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात, विक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरेको छ । 

 

वि.स. २०७९ साउन १२ गतेबाट राजपत्रमा सुचना प्रकाशन गरी सोही मितिदेखि प्लाष्टिकजन्य फूलगुुच्छाको उत्पादन, आयात र विक्री वितरणमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै पोखरा महानगरले विगत तीन वर्षदेखि पोखरामा प्लाष्टिकजन्य फूलगुुच्छा,माला विक्री वितरणमा रोक लगाएको हो । 

 

नेपालीहरुको दोश्रो ठूलो चाड तिहारमा प्लाष्टिकका पूूmल र माला बढी आयात हुने र विक्री वितरण हुने भएकाले अनुगमन गरिएको पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए ।

 

८ वटा पसलबाट प्लाष्टिकजन्य फूलका समाग्री जफत

 

अनुगमनका क्रममा ८ पसलबाट ३० हजार मुल्य बराबरको प्लाष्टिकजन्य फूलका गुच्छा र माला जफत गरिएको छ भने, संचालकहरुलाई एक साताभित्र पोखरा महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ । 

 

पोखरा ९ मा रहेको पुष्पराज प्लावर एण्ड ब्याडिङ्ग सप, सृष्टि फ्लावर, गढीमाई टेण्ट हाउस, पोखरा ४ मा रहेको एनएस फोटो फ्रेम एण्ड गिफ्ट कलेक्सन, गणेश पुजा सामग्री भण्डार, महाकाली पुर्जा सामग्री भण्डार र पोखरा ८ को एभरग्रिन फलावर सपमा अनुगमन गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।

 

के हुन्छ कारबाही ?

 

वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट रु १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था ऐनमा रहेको छ ।

 

महानगरले गत वर्ष १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको फूलका माला जफत गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।
 

अनुगमनमा पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी, पोखरा महानगर सहकारी तथा उद्योग शाखा प्रमुख अनिल कार्की, सहकारी तथा उद्योग शाखा अधिकृत ऋषिराम सापकोटा, सहकारी तथा उद्योग शाखाका राजु सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्च पोखरा महानगरस्तरीय समितिका उपाध्यक्ष हुमनाथ अधिकारी, नगर प्रहरी लगायतको सहभागीता थियो ।
 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्