वर्षौंदेखि कोठामा थुनेर राखिएकी जानकीको उद्धार

कञ्चनपुर | कात्तिक १५, २०८१

वर्षौंदेखि कोठामा थुनेर राखिएकी जानकीको उद्धार सांकेतिक तस्वीर

कञ्चनपुर:    वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको आज उद्धार गरिएको छ ।
 
    
नगर उपप्रमुख कल्पना पन्तको अगुवाइमा जानकीको उद्धार गरिएको हो । वषौंदेखि अलग्गै बनाइएको कच्ची घरको कोठामा थुनेर राखिएकी बाँनियाको उद्धार गरी मानव सेवा आश्रम धनगढी पठाइएको छ । 


चौध–पन्ध्र वर्षको उमेरदेखि नै मानसिक सन्तुलन गुमाएकी जानकीलाई कोठामा थुनेर राखिँदै आएको थियो । थुन्दै आएको कोठाबाट बाहिर आउँदा जानकीको खुसीको ठेगानै थिएन । 


नगरपालिकाका नगर प्रहरीले थुनेको कोठाबाट बाहिर निकालेपछि जानकीले बोल्न चाहे पनि थोरै मात्रै शब्द भन्न सक्नुभयो । पर्याप्त आहारको कमीले गर्दा पूरै शरीर गलेकाले बोल्न नसकेको जनाइएको छ । 

    
“कक्षा ६ मा पढ्दै गरेका बेला मानसिक सन्तुलन बिग्रिएपछि उपचार गराउन लग्यौँ”, जानकीका बुबा पुरन बाँनियाले भन्नुभयो, “औषधि सेवन गरेपछि केही महिना ठीक भइन्, ठीक भएको ठानेर औषधि गर्न छाडेपछि पुरानै अवस्थामा फर्किइन् ।” त्यसपछि धामी, झाँक्री सबै कहाँ पुर्याएर उपचार गराउँदा पनि ठीक नभएपछि कोठामा थुनिँदै आएको उहाँले बताउनुभयो । 

    
कोठामा नथुनेपछि जहाँ पायो त्यहीँ हिँडिदिने, जे पायो त्यही कुरा खाइदिने, शरीरमै दिसापिसाब गरिदिने, हातमा जे पर्यो त्यहीले हिर्काउने भएकाले थुन्न बाध्य भएको पुरनको भनाइ थियो ।
  
    
जानकीलाई नगरपालिकाले पूर्ण अपाङ्गता भत्ताको रकम उपलब्ध गराउँदै छ । परिवारका सदस्यले भत्ताको रकम बुझ्ने तर पोषणयुक्त खानेकुरासँगै व्यक्तिगत सरसफाइमा ध्यान नदिने, औषधोपचार नगर्ने गरेको जानकारी पाइएपछि मानव सेवा आश्रम पुर्याउनु परेको नगर उपप्रमुख पन्तले बताउनुभयो ।
 
    
जानकीलाई थुन्ने गरिएको कोठा दुर्गन्धित र असुरक्षित अवस्थाको रहेको उहाँको भनाइ छ । मानव सेवा आश्रममा जानकीलाई तीन महिना राखिने भएको छ । त्यसपछि परिवारको जिम्मा लगाई उपचार गर्नुपर्ने जनाइएको छ । 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्