पोखरामा 'पटका आतंक'
पाेखरा | कात्तिक १६, २०८१
पाेखरा: तिहारको छेको पारेर पोखरामा पटका पड्किने क्रम बढेको छ ।
शहरका मुख्य सडकभन्दा रेसिडेन्टल क्षेत्रमा अत्याधिक रुपमा पटका पड्किएका छन् ।
बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटका पड्काउने क्रम बढेको र आज पनि सो क्रम जारी छ ।
विशेषगरी राती र दिउँसोको समयमा देउसी भैलो खेल्ने समूहले प्रहरीको आँखा छलेर पटका पड्काएको पाइएको छ ।
लगातार पटका पड्किदा नागरिक तथा वृद्धवृद्धाहरु आजित बनेका छन् ।
‘पर्वको नाममा ध्वनी प्रदूषणमात्रै होइन आगलागीको जोखिम पनि बढेको छ, रानीपौवाका स्थानीय रामबहादुर गुरुङले सुनगाभा न्यूजसँग भने, 'रातभर पनि पटका पड्किएको थियो, ठूलाठूला आवाज आउने गरी ठूलै पटकाहरु पड्किएका छन् । प्रहरी निकायबाट अलि निगरानी बढाउन पर्ने आवश्यक देखिएको छ । त्यसैले हामीले प्रहरीकहाँ खबर गर्छौ ।’
मुख्य चोक र सडकमा प्रहरीहरुको तैनाथी देखिएपनि भित्री गल्लीहरुमा भने कम देखिएको छ ।
यता बागलुङ बसपार्क क्षेत्रमा पनि पटका पड्काएर आतंक मच्चाएको टेक बहादुर पुनले बताए । ‘यस्तो चर्काे आवजले मुटु रोगीलाई त ठहरै पार्छ नी, उनले भने, ‘आतंकै मच्चाछ हाम्रो टोलतिर पनि । प्रहरीलाई जानकारी गर्नैपर्ने भाछ ।’
यद्यपी यस गतिविधिलाई रोक्न र कानूनी कारबाही गर्न भने कास्की प्रहरीले कसरत गरिरहेको बताएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

