धार्मिक पर्यटन प्रवर्द्धन गर्न व्यासभूमिमा ज्ञानमहायज्ञ

तनहुँ | कात्तिक १८, २०८१

धार्मिक पर्यटन प्रवर्द्धन गर्न व्यासभूमिमा ज्ञानमहायज्ञ

दमौली:  भगवान् वेदव्यासको अवतरणभूमि व्यासगुफा तथा आसपासका धार्मिक क्षेत्रको प्रचारप्रसर एवं प्रवद्र्धन गर्ने उद्देश्यले आगामी बुधबारदेखि व्यासगुफा परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ ।

 

वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा हुने ज्ञानमहायज्ञमा धार्मिक एवं आध्यात्मिक गतिविधिका अतिरिक्त स्थानीय संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले राससलाई जानकारी दिनुभयो ।

 

“व्यास जन्मभूमिलाई विश्वसामु चिनाउने कार्यक्रमको मुख्य उद्धेश्य हो । यसमा सबै सङ्घसंस्था, व्यक्ति, राजनीतिक दलको साथ र सहयोग आवश्यकको अपेक्षा गरेका छौँ”, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वको व्यासभूमिको प्रचारमा गर्नुपर्नेमा उहाँले जोड दिँदै अध्यक्ष उहाँले भन्नुभयो, व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा एक सय आठ फिट अग्लो व्यासको मूर्तिका निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गरिएको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई पहिलो चरणमा रु पाँच करोड ८४ लाख ८४ हजार ५२ को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणाधीन छ ।

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्