नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
काठमाडाैं | साउन ३, २०७९
काठमाण्डौँ: धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.२७ अङ्कले उकालो लागेर दुई हजार ४५.६९ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३९१.५३ मा पुगेको छ । कूल २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर रु दुई अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ६.५६, व्यापार ३२.४७, होटल तथा पर्यटन २७।४१, विकास बैंक ४१.५८, जलविद्युत् १५.९५, वित्त ४४.२, निर्जीवन बीमा ७२.६, उत्पादन ६४.१९, अन्य ३.१८, लघुवित्त ८१.६२, जीवन बीमा ८०.२२, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.३५ अङ्कले उकालो लागेको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब २१ अर्ब ३५ करोड ३४ लाख ९५ हजार ४६२ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ९७ लाख ७१ हजार ३३७ बराबरको कारोबार भयो । एभरेष्ट बैंक रु १० करोड पाँच लाख २६ हजार ६२३, हिमालयन डिस्टिलरी रु आठ करोड ४८ लाख ३६ हजार ६३७, एनआइसी एशिया बैंक रु छ करोड ८८ लाख र अरुण काबेली पावर रु पाँच करोड ९४ लाख २२ हजार ८४४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पन सफल भए ।
नेप्सेका अनुसार, इमर्जिङ नेपाल ८.०१, गणपति लघुवित्त ६.९४, ग्रीन भेञ्चर्स ५.५४, आइसीएफसी फाइनान्स ५.२७ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाएका छन् । त्यस्तै, सिभिल बैंकको ऋणपत्र ७.७५, ग्लोबल आइएमई बैंकको ऋणपत्र ५.७०, सनराइज बैंकको ऋणपत्र ३.९१ , आरबीबी म्युचुअल फण्ड एक ३.२७ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ३.२६ प्रतिशतले गुमाए ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

