पोखरामा रास्वपाको प्रदर्शन: रविका स्वकीय सचिवसहित ११  जना पक्राउ

पाेखरा | कात्तिक २०, २०८१

पोखरामा रास्वपाको प्रदर्शन: रविका स्वकीय सचिवसहित ११  जना पक्राउ

पोखरा:   रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रिहाइको माग गर्दै गरिएको प्रदर्शनमा झडप भएको छ ।

रविका समर्थकहरु निषेधित क्षेत्र नजिक पुग्न खोजेपछि कास्की प्रहरीले २ सेल अश्रु ग्यास प्रहार गरेको थियो । 

त्यसपछि भीड झन आक्रोशित बनेको थियो ।

 

त्यही क्रममा कास्की प्रहरीले लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित ११ जनालाई पक्राउ गरिएको रास्वपाका केन्दीय विभाग सदस्य उत्तम पौडेलले जानकारी दिए ।

 

उनका अनुसार अहिले शान्तिपूर्ण तरिकाले नाराबाजी भइरहेको छ ।

 

 

 

पक्राउ परेकाहरुलाई विनाशर्त रिहाइको माग गर्दै उनले राजनीतिक प्रतिशोध साँध्दै सरकार उधो गतिमा लागेको टिप्पणी गरे । पक्राउ परेकाहरुलाई अहिले वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

 

आज लामिछानेलाई कास्की जिल्ला अदालत पेश गरिने भएपछि रास्वपाले विरोध कार्यक्रमको तयारी गरेको थियो । सोही अनुरुप अहिले पनि वाइचोकमा विरोध प्रदर्शन भइरहेको छ ।

 

थप तस्बिरहरु:-

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्