नेप्सेमा झिनो अङ्कको गिरावट
काठमाडाैं | कात्तिक २१, २०८१
काठमाडौँः धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७५ दशमलव ५१ विन्दुमा आएको छ ।
आजको कारोबारमा सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अङ्कले घटेर चार सय ७७ दशमलव १८ मा सीमित भएको छ ।
त्यस्तै, कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक उकालो लाग्दा ८ उपसमूहको ओरालो लागेको छ ।
कुल १ करोड १६ लाख ८ सय ६९ कित्ता शेयर रु ५ अर्ब २२ करोड २४ लाख ८६ हजार ८ सय ५१ मा कारोबार भएको छ ।
नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैङ्कको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, बलेफी हाइड्रोपावर ९ दशमलव ९८, पिपुल्स हाइड्रोपावर कम्पनीको ९ दशमलव १२, समृद्धि फाइनान्स कम्पनीको ८ दशमलव ७९ र राप्ती हाइड्रोका लगानीकर्ताले ७ दशमलव ८० प्रतिशतले कमाएका छन् ।
आजको कारोबारमा नेपाल फाइनान्स ८ दशमलव २६ प्रतिशतले, कुथेली बुथेली हाइड्रोपावर ८ दशमलव २३, समाज लघुवित्त वित्तीय संस्था ६ दशमवल २१, युनाइटेड मोदी हाइड्रोपावर ४ दशमवल शून्य ३ र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ५७ प्रतिशतले घटेको छ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

