नेप्सेमा झिनो अङ्कको गिरावट
काठमाडाैं | कात्तिक २१, २०८१
काठमाडौँः धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७५ दशमलव ५१ विन्दुमा आएको छ ।
आजको कारोबारमा सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अङ्कले घटेर चार सय ७७ दशमलव १८ मा सीमित भएको छ ।
त्यस्तै, कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक उकालो लाग्दा ८ उपसमूहको ओरालो लागेको छ ।
कुल १ करोड १६ लाख ८ सय ६९ कित्ता शेयर रु ५ अर्ब २२ करोड २४ लाख ८६ हजार ८ सय ५१ मा कारोबार भएको छ ।
नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैङ्कको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, बलेफी हाइड्रोपावर ९ दशमलव ९८, पिपुल्स हाइड्रोपावर कम्पनीको ९ दशमलव १२, समृद्धि फाइनान्स कम्पनीको ८ दशमलव ७९ र राप्ती हाइड्रोका लगानीकर्ताले ७ दशमलव ८० प्रतिशतले कमाएका छन् ।
आजको कारोबारमा नेपाल फाइनान्स ८ दशमलव २६ प्रतिशतले, कुथेली बुथेली हाइड्रोपावर ८ दशमलव २३, समाज लघुवित्त वित्तीय संस्था ६ दशमवल २१, युनाइटेड मोदी हाइड्रोपावर ४ दशमवल शून्य ३ र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ५७ प्रतिशतले घटेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

