अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा फोटो प्रदर्शनी

पाेखरा | कात्तिक २३, २०८१

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा फोटो प्रदर्शनी

पोखरा:    पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा भोलि हुने तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको पूर्वसन्ध्यामा आज पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा तस्बिर प्रदर्शनी गरिएको छ ।


खेलकुदका माध्यमबाट दुुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आयोजित प्रतियोगिताका अवसरमा दुई देशमा भएका विभिन्न खेलकुदलगायत गतिविधि समेटिएका तस्बिर प्रदर्शनीमा राखिएको हो । 


प्रदर्शनीको उद्घाटन समारोहमा चीनको युनान प्रान्तिय खेलकुद ब्युरोका निर्देशक याङ झोङहुआले दुई देशबीच युगौँदेखि कायम सम्बन्धलाई अझै बलियो बनाउन क्रस कन्ट्री प्रतियोगिता महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो । 


उहाँले प्रतिस्पर्धात्मक खेलकुदको विकासका लागि खेलकुद क्षेत्रका संस्थाको विकासमा जोड दिँदै खेलकुद प्रणाली र अन्य पक्षमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।


अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय सञ्चालक समितिका सदस्य धर्मराज पन्थीले क्रस कन्ट्री प्रतियोगिता र त्यसअवसरमा गरिएको तस्बिर प्रदर्शनीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो ।


सङ्ग्रहालयका प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपानेले प्रदर्शनीमा विभिन्न ६० वटा तस्बिर राखिएको जानकारी दिनुुभयो । 


उक्त अवसरमा युनान खेलकुद ब्युरोका तर्फबाट सङ्ग्रहालयलाई रु दुई लाख नगदका साथै ३० वटा ‘फोटो स्ट्याण्ड’ हस्तान्तरण गरिएको थियो ।


प्रतियोगितामा सहभागिताका लागि बिहीबार चीनको कुनमिङबाट एक सय ३४ जना सहभागी र समर्थक चाटर्ड उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउनुभएको थियो । 


भोलि हुने प्रतियोगिताअन्तर्गत चार वटा विधाका दौडमा एक हजार दुई सय खेलाडीले सहभागिता जनाउने हिमालय टुरिजम फोरमका मिडिया संयोजक ई प्रतीकराज पहारीले जानकारी दिनुभयो ।


 प्रतियोगिताअन्तर्गत ५० किलोमिटर पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर राष्ट्र बैंक चोक, ड्याम साइड, छोरेपाटन, फुस्रेखोला, रामदी, मट्टीखान, देउराली, फेदीखोला, दमगडे स्कुल, साल्मेडाँडा, रामकोट, कुविण्डे, उल्लेरी, थाप्ले, टाइगर हिल, काब्रे, पुम्दीभुम्दी, तालपारी, द बीच रेष्टुरेण्ट हुँदै पुनः बाराहीघाट आएर सम्पन्न हुनेछ ।


समूह दौडका लागि १७ वटा नेपाली र चारवटा चिनियाँ समूह गरी २१ टोली र ६३ खेलाडी दर्ता भएका छन् । कार्यक्रमकै अवसरमा आजै पोखराको बसुन्धरापार्कमा पोखरा–कुनमिङ मित्रता पार्क उद्घाटन गरिएको छ । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्