गलकोटका ‘गोपाल सर’को लोभलाग्दो किबीखेती

बाग्लुङ | कात्तिक २५, २०८१

गलकोटका ‘गोपाल सर’को लोभलाग्दो किबीखेती फाइल तस्बिर

बागलुङः    कोरोना महामारीका कारण गाउँघरमा हिँडडुल, आउजाउ ठप्प थियो । विद्यालय बन्द थिए । घरछेउको पुख्र्यौली बारी बाँझो भएको धेरै वर्ष भइसकेको थियो । वनमारा र कुकाठले भरिएको बारीले ‘गोपाल सर’लाई पाखुरा बजार्न प्रेरित गरिरहन्थ्यो ।


यही मेसोमा १ दिन उहाँले किबीखेती गर्ने निर्णय गर्नुभयो । गाउँमा ‘गोपाल सर’ का रूपमा परिचित गोविन्दप्रसाद शर्माले बाँझो बारी र खरबारीको झाडी फाँडेर किबी रोप्न थाल्नुभयो । गलकोटको खरुवा माध्यमिक विद्यालयका शिक्षक उहाँ नमूना किसान हुनुभएको छ । 


विद्यालयबाट बचेको समयको सदुपयोग गर्दै गरेको किबीखेतीले उहाँलाई आर्थिक रूपमा पनि सबल बनाएको छ । उहाँले किबी लगाएको तेस्रो वर्षमै राम्रो प्रतिफल दिन थालेको हो । सरल कृषि फार्ममार्फत उहाँका उत्पादन बजारमा पाइन्छन् । 


विसं २०७८ मा बरास्थान किबी उत्पादन समूहमार्फत उहाँले किबी खेती सुरु गर्नुभएको थियो । किबीखेतीका लागि गलकोट नगरपालिकाले बिरुवा उपलब्ध गराएको थियो । दश रोपनी जग्गामा १ सय ५० बोट किबीखेती गर्नुभएका उहाँले बिरुवा सारेको ३ वर्षमा नै लगानी उठाएको बताउनुभयो । 


उहाँको बारीमा फलेका  किबी स्थानीय बजारदेखि देशका ठूला सहरमा बिक्री भइरहेको छन् । प्रतिकिलो रु ३ सयदेखि ४ सय ५० सम्ममा बिक्री हुने गरेको छ । किबीखेतीबाट उत्साहित गोपाल सरले २० रोपनी पाखोबारीमा ओखरखेती पनि प्रारम्भ गर्नुभएको छ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्