लगानी निरुत्साहित हुने गतिविधि नगर्न आग्रह

काठमाडाैं | कात्तिक २७, २०८१

लगानी निरुत्साहित हुने गतिविधि नगर्न आग्रह

काठमाडौँ:    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुननहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन समाजका सबै वर्गको सहयोग आवश्यक भएकामा जोड दिनुभएको छ । 


नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको आज उद्घाटन गर्दै उहाँले  “मुलुकका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध गर्ने सोच हटेको छैन । यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धिकम समेत नकारात्मक असर पार्छ ।” 


विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पूँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्नेमा उहाँले जोड दिनुभएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

 

उहाँले गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक भएको बताउनुभयो ।

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्