फलोअप: मर्दी हिमालमा मृत भेटिएका गाइडको शव ल्याउन समस्या

पाेखरा | कात्तिक २८, २०८१

फलोअप: मर्दी हिमालमा मृत भेटिएका गाइडको शव ल्याउन समस्या

पोखरा:   मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव ल्याउन समस्या भएको छ । 

 

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरीबहादुर क्षेत्री (राजेन्द्र)ले खोज तथा उद्धारको टोलीले मंगलबार मर्दी हिमालमा फेला पारेको शव ल्याउन समस्या भएको बताए । 


‘शनिबार मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव काठमाडौंको खोज तथा उद्धार टोलीले मंगलबार फेला पारेको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘खोज तथा उद्धारको टोलीले शवलाई भिरको खोँचमा अड्केको अवस्थामा निकालेर डोरीको सहायताले केही समथर भुभागमा ल्याएर राखेको छ ।’


मंगलबार बिहान काठमाडौैबाट आएको खोज तथा उद्धारको टोलीमा रहेको शेर्पाको समूहले हेलीकप्टरबाट सम्भावित क्षेत्रमा रेकी गर्ने क्रममा हिउँमा शव जस्तो देखिने वस्तु देखेपछि हेलीकप्टर ल्याण्ड गरेर त्यस स्थानतर्फ लागेको वडाध्यक्ष क्षेत्रीले उद्धार टोलीको भनाई उद्धत गर्दै भने ।


खोज तथा उद्धार टोलीलाई हेलीकप्टरले उपर बेसक्यापमा ल्याण्ड गराएपछि दुर्घटना स्थलमा पुग्न करिव ३ घण्टा लागेको वडाध्यक्ष क्षेत्रीले बताए । 


‘खोज तथा उद्धार टोलीले तामाङको शवलाई सुरक्षित तरिकाले प्याक गरेर २ सय मिटर तल केही समथर भुभागमा ल्याएर राखेको छ’, उद्धार टोलीको भनाई उद्धत गर्दै क्षेत्रीले भने, ‘भौगोलिक कारण शवलाई हामीले ल्याउन सकेनौ, शव ल्याउन अब हेलीकप्टर ल्याउनुको विकल्प छैन् ।’


मर्दी हिमाल आरोहणको क्रममा मृत फेला परेका तामाङको शव निकाल्न गएको खोज तथा उद्धारको टोली शव निकालेर मंगलबार राति नै हाईक्यापमा फर्किएको छ । 


तामाङको शव ल्याउन काठमाडौंको सनराइज कम्पनी, पर्यटक प्रहरी,जनप्रतिनिधि, व्यवसायीले छलफल गरेर हेलीकप्टर ल्याउने तयारी भएको वडाध्यक्ष क्षेत्रीले बताए । खोज तथा उद्धारको टोलीमा लाक्या छिरिङ शेर्पा, छिरिङ लामा भोटे र पासाङ शेर्पा रहेका छन् । 


नर्वेका नागरिकलाई मर्दी हिमाल आरोहण गराउने र आफु पनि हिमाल आरोहण गर्ने योजनासहित आएका ६२ वर्षीय तामाङको लडेर शनिबार (कात्तिक२५ गते) मृत्यु भएको थियो । उनीहरुको टोलीले मुख्य गाइडसमेत रहेका तामाङसहित ४ नेपाली र एक नर्वेली नागरिक रहेका थिए । 


 

यो पनि पढ्नुहोस

 

 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्