फलोअप: मर्दी हिमालमा मृत भेटिएका गाइडको शव ल्याउन समस्या
पाेखरा | कात्तिक २८, २०८१

पोखरा: मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव ल्याउन समस्या भएको छ ।
माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरीबहादुर क्षेत्री (राजेन्द्र)ले खोज तथा उद्धारको टोलीले मंगलबार मर्दी हिमालमा फेला पारेको शव ल्याउन समस्या भएको बताए ।
‘शनिबार मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव काठमाडौंको खोज तथा उद्धार टोलीले मंगलबार फेला पारेको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘खोज तथा उद्धारको टोलीले शवलाई भिरको खोँचमा अड्केको अवस्थामा निकालेर डोरीको सहायताले केही समथर भुभागमा ल्याएर राखेको छ ।’
मंगलबार बिहान काठमाडौैबाट आएको खोज तथा उद्धारको टोलीमा रहेको शेर्पाको समूहले हेलीकप्टरबाट सम्भावित क्षेत्रमा रेकी गर्ने क्रममा हिउँमा शव जस्तो देखिने वस्तु देखेपछि हेलीकप्टर ल्याण्ड गरेर त्यस स्थानतर्फ लागेको वडाध्यक्ष क्षेत्रीले उद्धार टोलीको भनाई उद्धत गर्दै भने ।
खोज तथा उद्धार टोलीलाई हेलीकप्टरले उपर बेसक्यापमा ल्याण्ड गराएपछि दुर्घटना स्थलमा पुग्न करिव ३ घण्टा लागेको वडाध्यक्ष क्षेत्रीले बताए ।
‘खोज तथा उद्धार टोलीले तामाङको शवलाई सुरक्षित तरिकाले प्याक गरेर २ सय मिटर तल केही समथर भुभागमा ल्याएर राखेको छ’, उद्धार टोलीको भनाई उद्धत गर्दै क्षेत्रीले भने, ‘भौगोलिक कारण शवलाई हामीले ल्याउन सकेनौ, शव ल्याउन अब हेलीकप्टर ल्याउनुको विकल्प छैन् ।’
मर्दी हिमाल आरोहणको क्रममा मृत फेला परेका तामाङको शव निकाल्न गएको खोज तथा उद्धारको टोली शव निकालेर मंगलबार राति नै हाईक्यापमा फर्किएको छ ।
तामाङको शव ल्याउन काठमाडौंको सनराइज कम्पनी, पर्यटक प्रहरी,जनप्रतिनिधि, व्यवसायीले छलफल गरेर हेलीकप्टर ल्याउने तयारी भएको वडाध्यक्ष क्षेत्रीले बताए । खोज तथा उद्धारको टोलीमा लाक्या छिरिङ शेर्पा, छिरिङ लामा भोटे र पासाङ शेर्पा रहेका छन् ।
नर्वेका नागरिकलाई मर्दी हिमाल आरोहण गराउने र आफु पनि हिमाल आरोहण गर्ने योजनासहित आएका ६२ वर्षीय तामाङको लडेर शनिबार (कात्तिक२५ गते) मृत्यु भएको थियो । उनीहरुको टोलीले मुख्य गाइडसमेत रहेका तामाङसहित ४ नेपाली र एक नर्वेली नागरिक रहेका थिए ।
यो पनि पढ्नुहोस
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...
दैलेख: भरुवा बन्दुकको छर्रा लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यहाँको महाबु गाउँपालिका–४ काप्रिखोलाका अन्दाजी ३४/३५ वर्षीय पूर्ण बहादुर थापा सलामी मगर रहेका छन् । स्थानीय ब...