पोखरामा ७ जुवाडे १ लाख बढी नगदसहित पक्राउ
पाेखरा | कात्तिक २८, २०८१

पोखरा: पोखरामा ७ जना जुवाडे १ लाख १२ हजार ९० रुपैयाँसहित पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–१६ अमरदिपस्थित गौमाया गुरुङको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जना जुवाडेलाई हिजो (मंगलबार) पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६दिप बस्ने ४० वर्षीय कृष्ण गुरुङ, ४५ वर्षीय गौमाया गुरुङ, ३८ वर्षीय जुनिता भट्टचन, पोखरा–८ सिमलचौर बस्ने ६४ वर्षीय गौमान गुरुङ, ४८ वर्षीय रुपा गुरुङ, पोखरा–१३ पाटनबेशी बस्ने ४० वर्षीय हेमजार गुरुङ र पोखरा–२७ बस्ने ४६वर्षीय बुद्धि बहादुर गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार ७ जना जुवाडेको साथबाट २ सय १२ पत्ति तास र १ लाख १२ हजार ९० रुपैयाँ बरामद भएको छ । उनीहरुलाई हारजित हुनेगरी जुवतास खेलिरहेको हुँदा नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसूरमा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...