सुनको मूल्य तोलामा २ हजार २ सयले घट्यो
काठमाडाैं | कात्तिक २९, २०८१
                                
                            काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु १ लाख ६२ हजार २ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ६० हजार निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ ।
बुधबार प्रतितोला रु १ हजार ९ सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ९ सय ५ निर्धारण भएको महासङ्घले जनाएको छ । 
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
                    
