गण्डकीमा डेङ्गी सङ्क्रमणबाट ८ जनाको मृत्यु

तनहुँ | कात्तिक ३०, २०८१

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट ८ जनाको मृत्यु सांकेतिक तस्बिर

गण्डकी:    गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् ।


यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेङ्गी सङ्क्रमणबाट मृत्यु भएको थियो । 


त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


कास्कीमा भदौ २१, असोज २, १४ र कात्तिक ४ गते गरी क्रमशः ८१, ७०, ७५ र २६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 


यस अवधिमा कास्कीमा सबैभन्दा बढी ८ हजार ९ सय ७९ जना र सबैभन्दा कम मनाङमा मात्र छ जनामा डेङ्गी सङ्क्रम पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिनुभयो । 


प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा महानगरपालिकामा मात्रै आठ हजार आठ सय ५८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको उहाँको भनाइ छ । 


प्रदेशका १२ वटा स्थानीय तहमा भने अहिलेसम्म डेङ्गीको सङ्क्रमण देखिएको छैन । गत जनवरीमा जम्मा ७० जनामा डेङ्गी देखिएकामा गत सेप्टेम्बरमा छ हजार २ सय ६७ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए ।  


अक्टुबरमा ६ हजार ४४ र नोभेम्बर सुरु भएयता हालसम्म जम्मा ९ सय ४७ जनामा डेङ्गी देखिएको मन्त्रालयले जनाएको छ । 


पछिल्लो तथ्याङ्क अनुसार कास्कीपछि सबैभन्दा बढी  तनहुँमा ३ हजार ८ सय १७, पर्वतमा १ हजार ४ सय ३१, बागलुङमा १ हजार ३ सय ८४, गोरखामा १ हजार १ सय २, स्याङ्जामा ७ सय २६, म्याग्दीमा ४ सय ५६, नवलपुरमा २ सय ९७, लमजुङमा १ सय २५, मुस्ताङमा १६ र मनाङमा ६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । 


असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने र ४ प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् ।


चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताउनुभयो । 


“चिसो याम सुरु भएकाले अब विस्तारै सङ्क्रमण कम हुँदै जान्छ, फागनुदेखि फेरी सङ्क्रमण बढ्न थाल्छ”, उहाँले भन्नुभयो । डेङ्गीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ । 


डेङ्गी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको छ । 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्