अनुमति नलिइ जङ्गली बँदेल पालेको आरोपमा दुई जनालाई पक्राउ
चितवन | कात्तिक ३०, २०८१

चितवन: जङ्गली बँदेल पालेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–८ का दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
उनीहरुले अनुमति नलिइ दुई वटा बँदेल पालेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार वन्यजन्तु पाल्न वन्यजन्तु पालनपोषणसम्बन्धी कार्यविधिअनुसार विभागबाट अनुमति लिनुपर्नेमा अनुमति नलिइ पालेको पाइएकाले पक्राउ गरिएको हो । व्यावसायिक रूपमा वन्यजन्तु पाल्न पनि अनुमति लिनुपर्ने उहाँले बताउनुभयो ।
पक्राउ परेका दुवैलाई अवैध रूपमा वन्यजन्तु पालन गरेको अभियोगमा कारबाही हुने सूचना अधिकारी थापामगरले जानकारी दिनुभयो ।
अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम निकुञ्जले सार्वजनिक गरेको छैन ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...
विराटनगर: दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् ...
काठमाडौं: अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...