दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छ: अध्यक्ष डा. राउत

झापा | कात्तिक ३०, २०८१

दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छ: अध्यक्ष डा. राउत तस्बिर फाइल

झापा:   जनमत पार्टीका अध्यक्ष डा सीके राउतले राजनीतिक शक्तिहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्ने बताउनुभएको छ । उहाँले प्रमुख दलहरूमा अहिले पनि पुरानै र केन्द्रीकृत सोच हाबी रहेको आरोप लगाउनुभयो ।


यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा झापाको कनकाई नगरपालिका–६ मा जनमत पार्टीका तर्फबाट उम्मेदवार घोषणा गर्न आज कनकाईको चम्पापुरमा आयोजित सभामा मुलुकमा पटकपटक क्रान्तिमार्फत सत्ता फेरिए पनि मानसिकता फेरिन नसकेको बताउनुभयो । 


अध्यक्ष डा राउतले उत्पीडित समुदाय र आमनागरिकले अनुभूत गर्ने गरी काम गर्न जरूरी रहेकामा जोड दिनुभयो । 


सो पार्टीका तर्फबाट कनकाई नगरपालिका–६ मा शुकलाल राजवंशीलाई उम्मेदवार घोषणा गरिएको छ । झापामा जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलोपल्ट भाग लिएको हो । 


निर्वाचन कार्यालय झापाका अनुसार कनकाई–६ मा दुई हजार ५८ मतदाता रहेका छन् । विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले०बाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।    सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।   पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...

थप पढ्नुहोस्

अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।   सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...

थप पढ्नुहोस्

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

थप पढ्नुहोस्