घान्द्रुक फुलिवाङका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री सहयोग

पाेखरा | मंसिर २, २०८१

घान्द्रुक फुलिवाङका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री सहयोग

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक फुलिवाङ स्थित जनसेवा आधारभुत विद्यालयमा अध्ययनरत २५ जनालाई विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । 


लामा अमृत फाउण्डेशन घान्द्रुक र एच एस वि जापानको समन्वयमा फुलिवाङका २५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो । 


लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले एच एस वि जापानको समन्वयमा फुलिवाङका २५ जना विद्यार्थीहरुलाई करिव ५० हजार रुपैयाँ बराबरको विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिए । 


‘घान्द्रुकको कोँड नास डकुमेन्ट्री प्रदर्शनको लागि म जापान गएको थिए, जापानमा एच एस वि जापानका विनोद शेरचनसँग भेटघाट भयो’ गुरुङले भने, ‘डकुमेन्ट्री प्रदर्शन पश्चात शैक्षिक सामग्रीका लागि उहाँले सहयोग गर्नुभयो, आज एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेको हो ।’


लामा अमृत फाउण्डेशन घान्द्रकले कास्की लगायत विभिन्न विद्यालयमा विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गर्दै आएको छ । यस्तै फाउण्डेशन सामाजिक कार्यमा समेत क्रियाशिल रहँदै आएको छ । 


अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङले विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेकोमा धन्यवाद दिँदै जिर्ण अवस्थामा रहेको विद्यालय पुनः निर्माण गर्न पहल गर्ने बताए ।

 
जनसेवा आधारभुत विद्यालयका प्रधानाध्यापक अनिता विकले विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको भन्दै लामा अमृत फाउण्डेशन  र एच एस वि जापानलाई धन्यवाद दिईन् । 


२०७२ सालको भूकम्पले क्षति पु¥याएको विद्यालयलाई पुनः निर्माण गरेर सञ्चालन गरेपनि वर्खा याममा परेको अविरल वर्षाका कारण पुनः विद्यालयमा क्षति पु¥याएको बताईन् । 


‘भूकम्पले क्षति पु¥याएको विद्यालयलाई पुनः निर्माण गरेर सञ्चालनमा ल्याएका थियौ, केही महिना अगाडि परेको अविरल वर्षाले पुनः विद्यालयलाई असर पु¥याएको छ’,  विकले भनिन्, ‘विद्यालयको भवन बनाउन रक्षा बहादुर गुरुङले फुलिवाङमा ३ रोपनी जग्गा दिनुभएको छ, अब चाँदै नै उक्त जग्गामा भवन निर्माण गछौं ।’


 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्