कृष्मा र आश्रयलाई पोखरा चाइल्ड स्टारको उपाधि

पाेखरा | मंसिर ३, २०८१

कृष्मा र आश्रयलाई पोखरा चाइल्ड स्टारको उपाधि

पोखरा चाइल्ड स्टार सिजन–३ को उपाधि कृष्मा जिसी र आश्रय भुषालले जितेका छन् ।

 

बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेनमेन्ट हाउस आयोजनामा शनिबार पोखरामा सो प्रतियोगिताको ग्राण्ड फिनाले भएको हो ।

 

मिस पोखरा चाइल्ड स्टार बनेकी कृष्मा सिर्जना आवासीय माविकी हुन् । यस्तै, स्टेप बाई स्टेप स्कुलका  आश्रयले अरुलाई पछि पार्दै मिस्टर पोखरा चाइल्ड स्टारको उपाधि जितेका हुन् । ऋषभ राना फस्ट रनर अप भए । उनले इन्टेलेक्चुअल अवार्डसमेत जिते ।

 

मिस पोखरा चाइल्ड स्टारतर्फ फस्ट रनर अप दीप्तिका गुरुङ भइन् । उनले मल्टिट्यालेन्ट अवार्ड समेत जितिन् । मन्जिता खत्री सेकेण्ड रनर अप, आर्या बराल थर्ड रनर अप भए । आर्याले एक्सप्रेस क्वीन अवार्ड पति जितिन् ।

 

यस्तै, रविना विश्वकर्माले वेस्ट क्वाट वाक, एरिका आचार्यले मिस पपुलर अवार्ड, ज्योत्स्ना बरालले फोटो जेनिक अवार्ड, हृजुता बरालले स्वीट स्माइल अवार्ड र गौरवी विकले मिस पपुलारिटी अवार्ड जितेका छन् ।

 

गत वर्ष सिजन–२ को उपाधि निलिषा गुरुङ र समीर कुमालले जितेका थिए ।

 

यसपालि, पोखरा उद्योग वाणिज्य संघ सभाहलमा करिब ४ घण्टा चलेको कार्यक्रममा निर्णायकमा पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा.दीपमाला श्रेष्ठ गुरुङ, अम्बिकाप्रसाद भट्टराई, झलक गुरुङ, इ.अनिल ढुंगाना र माया गुरुङ थिए ।

 

आयोजक नन्द इन्टरटेनमेन्ट हाउसका निर्देशक देवेन्द्र शाहीले कार्यक्रम संचालन गरेका थिए । शाही स्वयंको कोरियोग्राफी थियो ।

 

नन्द इन्टरटेनेमन्टले प्रतिभा प्रस्फुटन एवं क्षमता अभिवृद्धिका लागि बेलाबेलामा विविध कार्यक्रम गर्दै आएको संस्थाका निर्देशक देवेन्द्र शाहीले बताए । गत महिना संस्थाले गायन तथा नृत्य प्रतियोगिता ‘गण्डकी स्टार सिजन–५’ सफलतापूर्वक सम्पन्न गरेको थियो ।  

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्