कास्कीमा १३ जना सहित देशभर ४ सय ३५ जनामा कोरोना संक्रमण
पाेखरा | साउन ५, २०७९
पोखरा: पछिल्लो २४ घण्टामा देशभर ४ सय ३५ र कास्कीमा १३ जनामा कोरोना संक्रमित देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षण र एन्टिजोन परिक्षणगर्दा देशभर थप ४ सय ३५ जनामा र कास्कीमा १३ जनामा कोरोना देखिएको हो ।
आज(बिहीबार) गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले प्रेस विज्ञप्ति प्रकाशित गर्दै कास्कीमा १३ जना सहित गण्डकी प्रदेशमा २४ जनामा कोरोना संक्रमण भएको उल्लेख गरेको छ ।
प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ,‘गण्डकी प्रदेशमा अद्यावधिक तथ्याङ्क विवरण बमोजिम कोभिड–१९संक्रमित कुलसंख्या १लाख २ हजार २ सय १९ रहेको छ । र पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर र एण्टीजेन परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’
विज्ञप्तिमा भनिएको छ,‘ परीक्षणमा गण्डकीको ११ जिल्ला मध्य कास्कीमा १३,तनहुँमा ३ र स्याङ्जाका ८ जनामा कोरोना संक्रमित पाइएको हो । ’
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

