ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो

काठमाडाैं | मंसिर ३, २०८१

ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो

काठमाडौं:    नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिका–६ स्थित ऐतिहासिक एवं धार्मिक चन्दन भराटेश्वर महादेव मन्दिरमा परिसरमा पूर्वाधार निर्माण हुने भएको छ ।


यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, चन्द्रागिरि नगरपालिका र काठमाडौँस्थित भारतीय राजदूतावासका बीचमा त्रिपक्षीय समझदारी भएको छ ।


सोही समझदारीअनुसार आज यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी र यहाँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा पूर्वाधार निर्माणको शिलान्यास गर्नुभयो । 


कुल रु ६ करोड ५ लाख ७ हजार ४ सय ६७ लागत रहेको सो परियोजनाका लागि भारतीय दूतावासबाट रु ४ करोड ३६ लाख ९० हजार सहायता प्राप्त भएको जनाइएको छ । परियोजनाको अवधि २०८२ कात्तिक ११ गतेसम्मे रहनेछ । 


सो अवसरमा चन्द्रागिरि नगरप्रमुख गिरीले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माणपछि दोस्रो चरणमा मन्दिरको पनि कलात्मक जीर्णोद्धार गरिने जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, “धार्मिक पर्यटन प्रवद्र्धन गर्दै नगरको आर्थिक, सामाजिक विकास एवं आर्थिक समृद्धि हासिल गर्न उच्च प्राथमिकता दिएको छ ।” 


नगरप्रमुख गिरिले नगरपालिकाको समृद्धिका लागि वैदेशिक सहयोग भित्रिने क्रम जारी रहेको जानकारी दिँदै थानकोटमा जर्मन सरकारको सहयोगमा रु १ अर्बको अस्पताल निर्माण हुने बताउनुभयो ।


उहाँले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माणमा भारतीय दूतावासले आर्थिक सहयोग गरेकामा दूतावासलाई धन्यवाद दिनुभयो ।   


सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिरमा परिसरमा पूर्वाधार निर्माणको समयमै सम्पन्न गर्न स्थानीय सरोकारवाला नागरिक तथा सङ्घसंस्थाले सकारात्मक सहयोग, निगरानी र अनुगमन गर्नुहुने अपेक्षा लिएको बताउनुभयो ।


उहाँले भन्नुभयो, “चन्द्रागिरि नगरक्षेत्रको ऐतिहासिक, सांस्कृतिक, धार्मिक क्षेत्रको संरक्षण, संवद्र्धन गर्दै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने नीति रहेको छ । यसका लागि सबैको सामूहिक भावना आवश्यक पर्छ ।”


सो अवसरमा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ र  चन्द्रागिरि–६ का वडाध्यक्ष सञ्जय सिग्देलले चन्दन भराटेश्वर महादेव मन्दिरको ऐतिहासिक पक्षका बारेमा चर्चा गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्