विन्ध्येश्वरी स्कुलमा त्रिदिवसीय कार्यक्रमको दोस्रो दिन १२ खेल सम्पन्न
पाेखरा | मंसिर ३, २०८१
पोखरा: पोखरा महानगरपालिका–१ स्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा त्रिदिवशीय कार्यक्रम आज दोस्रो दिन १२ खेल सम्पन्न भएका छन् ।
विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीको शारीरिक विकास, मनोरञ्जन र उनीहरुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको त्रिदिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिन १२ खेल सम्पन्न भएका हो ।
दोस्रो दिनको सदनात्मक र खुल्ला रुपमा आयोजना गरिएको प्रतियोगितामा कक्षा नर्सरीमा वाटर रेस प्रतियोगितामा परितोष पौडेल प्रथम, इमान थापा क्षेत्री द्वितीय र अनिक शिट तृतीय भएका छन् ।
यस्तै कक्षा एल.के.जी. बाट वाटर रेसमा सृष्टि मोन्डल प्रथम, कृष्ण मेट्या द्वितीय र नोमिका नेपाली तृतीय भएका छन् । सोही कक्षाबाट मेकिङ गाल्र्यान्ड (माला बनाउने) खेलमा एल्बिना तामाङ प्रथम, प्रज्ञा खनाल द्वितीय र सायरा देवकोटा तृतीय भएका छन् ।
यु.के.जी. तर्फबाट विज्ञान दौडमा प्रीतिकोना मोन्डल प्रथम, एड्विन देवकोटा द्वितीय र कृषा कार्की तृतीय भएका छन् । यसैगरी यु.के.जी.तर्फ कै अर्को खेल ब्यालेन्स रेस विथ ब्यागमा प्रथम, द्वितीय र तृतीय भएका छन् ।
कक्षा एकबाट विज्ञान दौडमा सुभान सुवेदी प्रथम, पारोमिता मोन्डल द्वितीय र समीक्षा बास्तोला तृतीय भएका छन् । सोही कक्षाको ब्यालेन्स रेस विथ ब्यागमा प्रथम, द्वितीय र तृतीय भएका छन् ।
यस्तै जुनियर प्रा.वि. तहमा कक्षा २ बाट गणित दौडमा एन्जिला थापा प्रथम, रेनिस अमगाईं द्वितीय र रन्जन सुनार तृतीय भएका छन् । कक्षा २ मा स्पोन रेसमा अंश सुनार प्रथम, स्वप्निल सुनार द्वितीय र क्रेलिशा बि.क.तृतीय भएका छन् ।
कक्षा ३ बाट गणित दौडमा अंकित मन्ना प्रथम, अन्मोल तामाङ द्वितीय र दिप्सना बि.क. तृतीय भएका छन् । सोही कक्षामा स्पोन रेसमा युनेश रोका प्रथम, कपिल पौडेल द्वितीय र काव्या बि.क. तृतीय भएका छन् ।
कक्षा ४ बाट मेमोरी पावर खेलमा युनिका खनाल प्रथम, सखिम बास्तोला द्वितीय र दिव्या लम्साल तृतीय भएका छन् । कक्षा ५ मेमोरी पावर खेलमा श्रीषा तिमिल्सिना प्रथम, केन्जल जि.सी. द्वितीय र रुपा ठकुरी तृतीय भएका छन् । कक्षा ४ को गणित दौडमा दिया क्षेत्री प्रथम, युनिका खनाल द्वितीय र प्रेमिका नेपाली तृतीय भएका छन् ।
कक्षा ५ को गणित दौडमा श्रीषा तिमिल्सिना प्रथम, मुस्कान भण्डारी द्वितीय र प्रज्वल न्यौपाने तृतीय भएका छन् । सोही तहमा ४००मी. रिले दौडमा छात्रातर्फ पहेँलो सदन प्रथम र निलो सदन द्वितीय भएको छ । ४००मी. रिले दौडमा छात्रतर्फ पहेँलो सदन प्रथम र रातो सदन द्वितीय भएको छ ।
टग अफ वार समूहमा हरियो सदन प्रथम र निलो सदन द्वितीय भएको छ । यसैगरी सेभेन ए साइड फुटबलमा पहेँलो सदन प्रथम र हरियो सदन द्वितीय भएका छ ।
त्यस्तै आधारभूत सिनियर तर्फ ४००मी. दौड छात्रामा कक्षा ७ की खुश्बु सापकोटा प्रथम, कक्षा ६ की सबिता सुनार द्वितीय र कक्षा ६ कै सृष्टिका कोइराला तृतीय भएका छन् ।
मा.वि.तर्फ ४००मी. दौडमा छात्रातर्फ कक्षा १० की सुजिता सुनार प्रथम, सोही कक्षाकी अनिता बि.क. द्वितीय र निर्सरा पौडेल तृतीय भएका छन् । सोही तहमा छात्रतर्फ ४००मी. दौडमा कक्षा ९ का अस्दीप बर्देवा प्रथम र सुजन राई द्वितीय भएका छन् ।
यस्तैआधारभूत सिनियरमा छात्रातर्फ ४००मी. रिलेमा निलो सदन प्रथम र पहेँलो सदन द्वितीय भएका छन् भने छात्रतर्फ निलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् । मा.वि. तहमा ४००मी. रिले दौडमा छात्रातर्फ निलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् ।
सोही तहको छात्रतर्फको रिले दौडमा रातो सदन प्रथम र निलो सदन द्वितीय भएका छन् । टग अफ वारको छात्रतर्फ रातो सदन प्रथम र हरियो सदन द्वितीय भएका छन् भने छात्रातर्फ पहेँलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् ।
मा.वि. तहको सेभेन ए साइड फुटबलमा रातो सदन प्रथम र हरियो सदन द्वितीय भएका छन् । त्रिदिवसीय कार्यक्रम मंगलबार सम्पन्न हुने विद्यालयलय जनाएको छ ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

