हेटौँडामा प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशन सुरू

काठमाडाैं | साउन ६, २०७९

हेटौँडामा प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशन  सुरू

 

हेटौँडा:  नेपाल प्रेस युनियनको ९औं राष्ट्रिय महाधिवेशन हेटौंडमा सुरू भएको छ । हेटौँडास्थित रोयल पार्टी प्यालेसमा सुरू भएको महाधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

 

महाधिवेशनको जारी उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेता पुगेका छन् । उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा कार्यक्रमका अतिथिको रूपमा सहभागी भएका हुन् ।

 

नेपाली कांग्रेसनिकट पत्रकारहरूको संस्था प्रेस युनियनको यो महाधिवेशनमार्फत करिब ८ वर्षपछि नयाँ नेतृत्व चुनिन लागिएको हो ।

 

प्रेस युनियनको महाधिवेशनमा संस्थापन र इतर पक्षबाट प्यानल नै बनाएर उम्मेदवारहरू मैदानमा उत्रिएका छन् । महाधिवेशनमा देशभरबाट सहभागी १६३० प्रतिनिधिले आगामी तीन वर्षका लागि युनियनको नयाँ नेतृत्व चयन गर्नेछन्

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।   सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहा...

थप पढ्नुहोस्

पाेखरा:   माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बौदीकालिले जितेको छ ।    प्रतियोगितामा शुक्लागण्डकी  नगरपालिका तनहु...

थप पढ्नुहोस्

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्