कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी
कास्की | मंसिर ७, २०८१
कास्की: कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ मंसिर ६ गते देखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दास्रो दिन शुक्रवार विभिन्न विधाका खेलहरु सम्पन्न भएको छ ।
शुक्रवार भएको पहिलो खेल सटफुट छात्र तर्फ भुमेश्वर मा.विका सुमन मिजार प्रथम, शुक्लागण्डकीका रुपक दर्लामी द्धितिय र निश्पक्ष मा.विका अमन थापा तृतीय भएका छन् । सटपुट छात्रा तर्फ उदय मा।वि की मनिषा बि।क प्रथम, महेन्द्र मा.वि की ऐलिना परियार द्धितिय र शुक्लागण्डकी एलिना परियार तृतीय भएकी हुन् ।
लङजम्प छात्रतर्फ ज्ञानज्योति बोर्डिङ स्कुलका अंकित नेपाली प्रथम, उदय मा।विका दिनेश वि।क द्धितिय र महेन्द्र मा।विका अरुण परियार तृतीय भए ।
ज्याभलिङ थ्रो छात्रा तर्फ बरहा मा।वि की मोनिका जैसी प्रथम, भुमेश्वर मा.वि की सन्जु नेपाली द्धितिय र शुक्लागण्डकी की सलिना नेपाली तृतीय भईन् । ज्याभलिङ थ्रो छात्र तर्फ शुक्लागण्डकीका आदित्य भारती प्रथम, गौरीशंकरका जीतमान कामी द्धितिय र माछापुच्छे«का इश्वर पाइज तृतीय भए ।
यता ट्रिपल जम्प छात्रको खेलमा बराहका अमृत सुनार प्रथम, ज्ञानज्योतिका एलेन शाही द्धितिय र माछापुच्छे«का अनमोल तमु तृतिय स्थान हात पारे । ट्रिपल जम्प छात्रा तर्फ शुक्लागण्डी की प्रतिक्षा पोख्रेल प्रथम,भमेश्वर की रोसी नेपाली द्धितिय, शारदाकी अन्जु नेपालीले तृतीय स्थान प्राप्त गरिन ।
शनिबार छात्र कवडी तर्फ पहिलो खेल गौरीशंकर र महेन्द विच हुने छ । उक्त खेलको बिजेता समुहले माछापुच्छे संग पहिलो सेमिफाइनलको खेल खेल्ने छ । दोस्रो खेल शुक्लागण्डकी र शारदा मा।वि बिच हुने छ । दोस्रो खेलको बिजेता सुमहले ज्ञानज्योति संग दोस्रो सेमिफाइनलमा भिडने छ ।
छात्रा कवडी तर्फको पहिलो सेमिफाइनल खेल महेन्द्र र शुक्ला गण्डकी र दोस्रो माछापुच्छ्रे र उदय मा।वि विच हुने छ ।
छात्रा भलिबल तर्फ शनिवार पहिलो खेल पृथ्वीनारायण र निश्पक्ष विच हुने छ । बिजेता समुहले बराह संग सेमिफाईल भिडने छ । दोस्रो सेमिफाईनको खेल गैरीशंकर र शुक्लागण्डकी विच हुने छ । साथै अन्य रिले तर्फका विभिन्न विधाका खेलहरु पनि शनिवार सम्पन्न हुने छन् ।
मंसिर ६ गते देखि ८ गते सम्म लाहाचोक महेन्द्र मा.विको खेल मैदान मा सञ्चालन हुने रनिङ शिल्ड प्रगियोगितामा पालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ ।
सरकारले विद्यालयको खेलकुद प्रतिभाको खोजि गर्दै सम्बर्धन र प्रवद्रधन गर्ने लक्ष्य सहित देशको संधिय संरचना अनुसार स्थानीय,प्रदेश र सघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । राष्ट्रपति रनिङ एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

