पोखरामा बालिकालाई यौन कार्यमा लगाएको आरोपमा ३ युवती पक्राउ

पाेखरा | मंसिर ९, २०८१

पोखरामा बालिकालाई यौन कार्यमा लगाएको आरोपमा ३ युवती पक्राउ

पोखरा:   कास्की प्रहरीले यौन शोषण गरेको आरोपमा ३ युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमो गोरखाको पालुङ्टार ४ स्थायी घर भई लेकसाइड बस्ने १९ वर्षीया ममता तामाङ, मकवानपुरको बाग्मती गाउँपालिका  वडा ८ स्थायी घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका ७ कपन बस्ने २३ वर्षीया रिना तामाङ र  पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिका १० स्थायी घर भई हाल लेकसाइड बस्ने करिब १९ वर्षीया जस्मिन ठकुरी रहेकी छिन् ।

 

पक्राउ परेकी उनीहरुले बालिकाहरुलाई जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा गत बिहीबार राति पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । 

 

उनका अनुसार पोखराको एक होटलको कोठाबाट ४ जना बालिकालाई उद्धार गरिएको छ ।

 

प्रहरीका अनुसार ति बालिकाहरुलाई होटलमा काम लगाइदिन्छु, मासिक तलब राम्रो हुन्छ, खानाबस्नको राम्रो सुबिधा छ भन्ने प्रलोभनमा पारेर यौन कार्यमा संलग्न गराएका थिए । 

 

पक्राउ परेका उनीहरुविरुद्द मानव वेचविखन तथा ओसार पसार मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
 

पोखरा:   प्रधानमन्त्री (पिएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सांग्रिला क्रिकेट क्लबले जितेको छ ।  कास्की जिल्ला स्तरीय सो प्रतियोगिताको फाइनलमा कास्की क्रिकेट क्लबलाई ४८ रनले हराउँदै...

थप पढ्नुहोस्

पोखरा:  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय खोलेको छ । नेकपाबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण) लगायतका उम्मेदवारको निर्वाचन सम्पर्क...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।   पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल ...

थप पढ्नुहोस्