प्रधानमन्त्री ओलीलाई राष्ट्रिय फोटो पत्रकार समूहको ९ बुँदे ध्यानाकर्षणपत्र
काठमाडाैं | मंसिर १२, २०८१

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको नवनिर्वाचित कार्यसमितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी उहाँलाई फोटो पत्रकाररुको हकहितका लागि नौ बुँदे ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले बुझाएको सो ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चारगृहमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्रहालयका लागि पहल गराइदिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटो पत्रकारहरूको बीमा तथा स्वास्थ सुरक्षा, फोटो पत्रकारहरूलाई व्यावसायिक तालिम दिन वार्षिक रुपमा बजेट व्यवस्थापन, समयअनुसार ‘अपडेट’ रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन समेत ध्यानाकर्षण गराइएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै पत्रकारितामा फोटोको महत्व धेरै हुने भएकाले फोटो पत्रकारहरूका लागि राज्यका तर्फबाट आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...