स्थानीय भाषा तथा संस्कृतिको संरक्षण आवश्यकः कार्यकारी अध्यक्ष झा

जनकपुरधाम | मंसिर १४, २०८१

स्थानीय भाषा तथा संस्कृतिको संरक्षण आवश्यकः कार्यकारी अध्यक्ष झा

जनकपुरधाम:     राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मुलुकका विभिन्न जातजातिको भाषा, संस्कृति तथा सभ्यताको संरक्षण तथा प्रवर्धनका लागि सञ्चारकर्मीले कलम चलाउनुपर्ने बताउनुभएको छ ।
  

रासस मधेस–प्रदेश कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित पत्रकारहरूसँगको छलफल कार्यक्रममा कार्यकारी अध्यक्ष झाले भाषासँग प्रत्यक्ष रुपमा जोडिने भएकाले भाषा, संस्कृतिको संरक्षण र जगेर्नामा आमसञ्चारमाध्यम र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्नुभयो ।  


साधनस्रोतको अभावमा धर्म, संस्कृतिका पक्षमा वकालत गर्ने कैयौँ सञ्चारमाध्यम बन्द भएका र केही बन्द हुने अवस्थामा पुगेको प्रसङ्ग उल्लेख गर्दै उहाँले राष्ट्रको पहिचानका रुपमा रहेको हाम्रो भाषा, धर्म, संस्कृति र सभ्यताका पक्षमा अमूल्य योगदान पु¥याउने सञ्चारमाध्यमलाई सहयोग गर्न तीनै तहको सरकारसँग अनुरोध गर्नुभयो ।


वर्तमान भौतिकवादी समयमा भाषा, संस्कृति र सभ्यताको उचित संरक्षण हुननसक्दा ती लोप हुने अवस्थामा पुगेको भनी चिन्ता व्यक्त गर्दै अध्यक्ष झाले भाषा, संस्कृति, सम्पदाको जगेर्ना र संरक्षणमा समग्र राष्ट्र एक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।  


उहाँले नेपालको संविधानमा व्यवस्था भएबमोजिम स्थानीय भाषा तथा संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको भएकाले राज्य संयन्त्रका रुपमा क्रियाशील राससले पहिलो चरणमा मैथिली, अवधि र नेपाल भाषामा बुलेटिन प्रकाशन गरी निःशुल्क रुपमा उपलब्ध गराएर स्थानीय भाषा संरक्षणमा सक्दो योगदान गरेको स्पष्ट पार्नुभयो ।  
 

कार्यकारी अध्यक्ष झाले स्थानीय भाषाहरुको संरक्षण गर्ने उदेश्यले निःशुल्क रुपमा प्रदान गरिएको समाचार सेवा प्रयोग गरी लाभान्वित हुन सम्बद्ध आमसञ्चारमाध्यमसँग अनुरोध गर्दै  स्रोतसाधन, आवश्यकता र औचित्यका आधारमा क्रमशः अन्य भाषामा पनि समाचार सेवा दिने पक्षमा रासस रहेको बताउनुभयो ।   


मधेस प्रदेश आमसञ्चार प्राधिकरणका प्रमुख श्यामसुन्दर यादवले मैथिली भाषामा प्रकाशित पत्रपत्रिको अवस्थाबारे जानकारी गराउँदै नेपालीपछि धेरै मानिसले प्रयोग गर्ने मैथिली भाषाको संरक्षण, सम्वद्र्धन र सुदृढीकरणका पक्षमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
 

मधेस प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले मैथिली भाषाको संरक्षणका साथै मैथिली भाषा शैलीबारे सरोकार भएका पक्षबीच व्यापक रुपमा छलफल हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।


नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिङ्कु मिश्र ९गायत्री०ले मैथिली भाषासँग सम्बन्धित आमसञ्चारमाध्यमले राससबाट प्राप्त समाचार बढीभन्दा बढी उपयोग गर्नुपर्ने तथा विशेषगरी मैथिली भाषामा कलम चलाउने सञ्चारकर्मीको सम्बद्ध भाषाको समाचार सामग्री उत्पादन, प्रकाशन तथा प्रसारणमा ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
 

पत्रकार महासङ्घ धनुषाका कार्यवाहक अध्यक्ष अवधेश कामतले राससले विभिन्न चुनौतीका बाबजुद बहुभाषाको सुरुआत गरेकामा धन्यवाद दिँदै भाषा तथा संस्कृतिको जर्गेनाका लागि योजनाबद्ध रुपमा लाग्नुपर्ने बताउनुभयो ।  


वरिष्ठ पत्रकार तथा प्राध्यापक श्यामसुन्दर शशिले पछिल्लो समय मैथिली भाषा सङ्कटमा परेकाले यसको संरक्षणका लागि राससले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै मैथिली भाषाको शैलीपुस्तक आवश्यक रहेको बताउनुभयो ।

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्

काठमाडौं ।  त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ ।   कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सो...

थप पढ्नुहोस्