महायज्ञबाट ६४ लाख सङ्कलन

बाग्लुङ | मंसिर १५, २०८१

महायज्ञबाट ६४ लाख सङ्कलन

बलेवा:     प्रसिद्ध गाजा दहलाई पर्यटकीय गन्तव्यका रुपमा प्रचार गर्दै स्थापित गर्न गत शनिबारदेखि सञ्चालन भएको श्रीमद्भागवत् ज्ञान महायज्ञको शुक्रबार समापन गरिएको छ । सिद्धबराह मन्दिर संरक्षण समितिको आयोजनामा महायज्ञ आयोजना गरिएको थियो ।

महायज्ञबाट रु ६४ लाख दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका प्रचारप्रसार संयोजक दिलीप प्रतेलले जानकारी दिनुभयो । महायज्ञको व्यवस्थापनलगायत काममा रु २० लाखभन्दा धेरै खर्च भएको अनुमान छ ।  

    
महायज्ञमा शिवदत्त रेग्मी प्रमुख वाचकको भूमिकामा रहनुभएको थियो । जैमिनी संकृतन समूहले भजनको व्यवस्थापन मिलाएको थियो । 


महायज्ञ सफल बनाउन जैमिनी नगरपालिकाले काठेखोलातर्फको चापाखर्कदेखि गाजा दह र कुश्मीसेरादेखि दमेक हुँदै गाजा दहसम्मका सर्वसाधारणलाई पालैपालो महायज्ञस्थलमा उपस्थित गराएको थियो । 


गाजा दह समुन्द्री सतहदेखि दुई हजार चार सय ६० मिटर उचाइमा छ । चिसो मौसम र भौगोलिक कठिनाइका कारण महायज्ञमा अनुमान गरेजस्तो भक्तजनको उपस्थिति नभएको मूल आयोजक समितिले जनाएको छ । 

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्