गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रालिको दोश्रो वार्षिकोत्सव सम्पन्न

पाेखरा | मंसिर १५, २०८१

गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रालिको दोश्रो वार्षिकोत्सव सम्पन्न

पोखरा:    गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रा.लि.को दोश्रो वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्योगहरु विस्थापित भइरहेको अवस्थामा युवाहरुद्धारा सञ्चालित उद्योग दोश्रो वर्ष पार गरेकोमा खुसी ब्यक्त गरे ।

उद्योग सञ्चालनले युवाहरुलाई स्वदेशमै स्वरोजगार गर्ने र अन्यलाई रोजगार गर्ने भएकाले गण्डकी प्रदेश सरकारले लोकाहा र पुँडीटारमा औधोगिक क्षेत्र सञ्चालन गर्न लागेको समेत बताए । उद्यमीहरुलाई बैंकले सहुलियत दरमा ब्याज कायम गराउन तर्फ समेत गण्डकी प्रदेश सरकारले आग्रह गर्दै आइरहेको उनको भनाइ रहेको थियो ।


गण्डकी प्रदेश निर्माण ब्यवसायी संघ अध्यक्ष टंक प्रसाद अधिकारीले आफुहरु निर्माण ब्यवसायी भएकाले उद्योग सञ्चालकहरु संग सहकार्य गरेर अगाडी वढ्ने बताए । सरकारले निर्माण व्यवसायीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा समेत जोड दिए ।


पोखरा औधोगिक क्षेत्रका कार्यालय प्रमुख हिमालय भण्डारीले युवा व्यवसायीहरुले औधोगिक क्षेत्रमा जिआइ वायर उद्योग सञ्चालन गरेर आफुुहरुलाई हौसला प्रदान गरेको बताए । सम्पूर्ण युवाहरु मिलेर नै देशमा केही योगदान गर्न समेत उनको आग्रह रहेको थियो ।


पोखरा औधोगिक क्षेत्र उद्योग संघका अध्यक्ष रुद्रलाल श्रेष्ठले अहिलेको अवस्थामा युवाहरु पलायन भइरहदा युवाहरुद्धारा उद्योग सञ्चालन गरेर युवाहरुले गरेको उद्योग पनि सफल हुन्छ है भन्ने सन्देश प्रदान गरेको बताए ।


वार्षिकोत्सवको अवसरमा उत्कृष्ट चारजना व्यवसायीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा कर्ण विल्डर्सका नबिन गुरुङ, सिम्रन कन्स्ट्रक्सनका बल बहादुर राना मगर, आई डी कन्स्ट्रक्सनका धु्रब भट्टराई र कन्स्ट्रक्ट नेपालका बम बहादुर थापा रहेका छन ।


सम्मानितहरुलाई  गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रा.लि.का अध्यक्ष मोहन प्रसाद ढकाल, प्रालिका सञ्चालक लगायतले सम्मान गरेका थिए । 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्