‘वन मन्त्रालय र भक्तपुर नगरपालिकाको लापरवाहीले बस र स्कुटर च्यापियो’: सांसद बस्नेत

काठमाडाैं | साउन ८, २०७९

‘वन मन्त्रालय र भक्तपुर नगरपालिकाको लापरवाहीले बस र स्कुटर च्यापियो’: सांसद बस्नेत

काठमाडौं:   नेकपा एमालेका सांसद महेश बस्नेतले वन मन्त्रालय तथा भक्तपुर नगरपालिकाको लापरवाहीले सल्लाको रुख ढलेर बस र स्कुटरलाई च्यापेको बताएका छन् ।

 

अहिले जारी प्रनिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै नेता बस्नेतले उक्त घटनाको जिम्मेवारी वन मन्त्रालय र भक्तपुर नगरपालिकाले लिनुपर्ने बताएका हुन् ।

 

‘भक्तपुरको सल्लाघारीमा सल्लाको रुघ ढलेर मिनीबस र स्कुटरलाई किचेर केही साथीहरु घाइते भएका छन् । उनीहरुको स्वास्थ्य लाभको कामना गर्दछु, उनले भने, ‘४० वर्षभन्दा पुराना जीर्ण रुखहरुलाई हटाउन वन मन्त्रालय र भक्तपुर नगरपालिकालाई अनुरोध गर्न चाहान्छु । उहाँहरुको लापरवाहीले यो घटना घटेको छ ।’

 

सांसद बस्नेतले २५ वर्ष पुराना बसहरुलाई सञ्चालन गर्न दिनुपर्ने बताउदै भने ‘२५ वर्षभन्दा पुराना बसहरुलाई चलाईरहने जुन सरकारको निर्णय थियो यसलाई अविलम्ब फिर्ता लिन अनुरोध गर्दछु । यो घटना वन मन्त्रालय र भक्तपुर नगरपालिकाको लापरवाहीले भएको हो ।’

 

यसैगरि अर्का सांसद प्रेम सुवाललेसमेत विशेष समयमै बोल्दै सो घटनाबारे सरकारको ध्यानाकार्षण गराएका थिए । 

 

भक्तपुर नगरपालिका– १ सल्लाघारीमा सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्यापेको थियो । यो समाचार तयार पार्दासम्म ३ जनाको मृत्यु भएको छ  भने १२ जना घाइते भएका छन्  ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्