‘वन मन्त्रालय र भक्तपुर नगरपालिकाको लापरवाहीले बस र स्कुटर च्यापियो’: सांसद बस्नेत

काठमाडाैं | साउन ८, २०७९

‘वन मन्त्रालय र भक्तपुर नगरपालिकाको लापरवाहीले बस र स्कुटर च्यापियो’: सांसद बस्नेत

काठमाडौं:   नेकपा एमालेका सांसद महेश बस्नेतले वन मन्त्रालय तथा भक्तपुर नगरपालिकाको लापरवाहीले सल्लाको रुख ढलेर बस र स्कुटरलाई च्यापेको बताएका छन् ।

 

अहिले जारी प्रनिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै नेता बस्नेतले उक्त घटनाको जिम्मेवारी वन मन्त्रालय र भक्तपुर नगरपालिकाले लिनुपर्ने बताएका हुन् ।

 

‘भक्तपुरको सल्लाघारीमा सल्लाको रुघ ढलेर मिनीबस र स्कुटरलाई किचेर केही साथीहरु घाइते भएका छन् । उनीहरुको स्वास्थ्य लाभको कामना गर्दछु, उनले भने, ‘४० वर्षभन्दा पुराना जीर्ण रुखहरुलाई हटाउन वन मन्त्रालय र भक्तपुर नगरपालिकालाई अनुरोध गर्न चाहान्छु । उहाँहरुको लापरवाहीले यो घटना घटेको छ ।’

 

सांसद बस्नेतले २५ वर्ष पुराना बसहरुलाई सञ्चालन गर्न दिनुपर्ने बताउदै भने ‘२५ वर्षभन्दा पुराना बसहरुलाई चलाईरहने जुन सरकारको निर्णय थियो यसलाई अविलम्ब फिर्ता लिन अनुरोध गर्दछु । यो घटना वन मन्त्रालय र भक्तपुर नगरपालिकाको लापरवाहीले भएको हो ।’

 

यसैगरि अर्का सांसद प्रेम सुवाललेसमेत विशेष समयमै बोल्दै सो घटनाबारे सरकारको ध्यानाकार्षण गराएका थिए । 

 

भक्तपुर नगरपालिका– १ सल्लाघारीमा सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्यापेको थियो । यो समाचार तयार पार्दासम्म ३ जनाको मृत्यु भएको छ  भने १२ जना घाइते भएका छन्  ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्