पोखरामा मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस

काठमाडाैं | मंसिर १८, २०८१

पोखरामा मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस

पोखरा:  ‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित यस वर्षको अपांगता दिवस मनाइएको छ ।

 

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामाअपांगता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवस पोखरामा र्यालीसहित कार्यक्रम गरी मनाइएको छ ।

 

दिवसको अवसरमा पोखराको चिप्लेढुुंङ्गाको मानव अधिकारचोकाबाट सुरु भएको र्याली न्यूरोड हुदैँ सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो । र्यालीमा पोखरामा अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि र अपांगता भएका व्यक्तिहरुको सहभागिता थियो ।

 

र्यालीपछि आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुुरुङले महानगरले निर्माण गर्ने पूर्वाधारहरु अपांगमैत्री बनिरहेको बताउनु भएको छ । महानगर अन्र्तगतका कार्यलयहरु निर्माण भएका भवनहरु अपांगमैत्री बनेका छन् तर ब्यत्तिगत घरमा लागु गर्न कठिन रहेको बताउदै छलफल गरेर अगाडी बढने बताउनुभयो ।

 

विगतका वर्षदेखि महानगरले निर्माण गर्ने सबै संरचना अपांगमैत्री बनिरहेको बताउनुभयो ।

 

उहाँले दिवसले अपांगताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रीत गर्न भुमिका खेलेको बताउनुभयो ।

 

कार्यक्रम गर्दा यस क्षेत्रसंग सम्बन्धित संघसस्थासंग समन्वय गरेका छौ कमीमजोरी भए सच्याएर जानसक्छौ र अपांगता भएका समुदायलाई बाहिर राखेर गरिने विकास पूूर्ण हुन नसक्ने उपप्रमुख गुरुङले बताउनुभयो ।

 

उपप्रमुख गुरुङले अपांगता भएकाहरुलाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले समाजले अपांगता भएका व्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

 

उपप्रमुख गुुरुङले महानगरले अपांगता भएका व्यक्तिहरुका लागि ऐन, कानुन निर्माण गरेको र बजेटको समेत व्यवस्था गरेको बताउदै केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने संघसंस्था र व्यक्तिहरुको सुझावका आधारमा परिमार्जन गरेर जान सकिने बताउनुभयो ।

 

कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका निर्देशक निर्मला शर्मा, कोपिला नेपालका अध्यक्ष विना सिलवाल, लोचना अधिकारी, अन्जना केसी, विष्णु सिग्देल, श्रीकान्त सापकोटा, दृष्टिविहिनहरुको तर्फबाट गिरिधारी सुवेदी, बहिराहरुको तर्फबाट सुनिता थापा, श्रवणदृष्टिविहिनको तर्फबाट पुष्पराज रिमाल, बौद्धिक अपांगताको तर्फबाट रामनारायण श्रेष्ठ, बहुअपांगताको तर्फबाट सान्त्वना के.सी, अटिजम केयर सोसाइटीका अध्यक्ष मुकुन्द लम्साल, मनोसामाजिक अपांगताको तर्फबाट अर्जुन सुनार लगायतले अपांगता क्षेत्रमा भएका समस्याका बारेमा बोलेका थिए । कार्यक्रम पोखरा महानगरपालिका अपांगता भएकाको सञ्जालका अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षतामा भएको थियो ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्