२५ औं आदर्श कपको तयारी पूरा, गण्डकीका ८ टिम भिड्दै

उपधि राशी ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ

पाेखरा | मंसिर १९, २०८१

२५ औं आदर्श कपको तयारी पूरा, गण्डकीका ८ टिम भिड्दै

पोखरा:    लेखनाथको भण्ढारढिकमा ६ वर्षपछि आयोजना हुन लागेको २५ औं सस्करणको आदर्श कपको सम्पूर्ण तयारी पुरा भएको छ ।

 

आदर्श युवा क्लबले पोखरामा आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

 

क्लबका अध्यक्षले ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल विकास हाम्रो दृढता’ भन्ने नारासहित भण्ढारढिकमा आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको बताए ।

 

उनले उद्घाटन खेलमा आयोजक र एन्फा तनहुँ भिड्ने जानकारी दिए । 

 

उनका अनुुसार गण्डकी प्रदेशका कुल ८ टिमको सहभागिता रहने सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । 

 

यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

 


 

विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । भने, प्रतियोगितामा हरेक खेलबाट म्यान अफ द म्याच हुने खेलाडीलाई नगद रु ५ हजारले पुरस्कृत गरिनेछ ।

 

प्रतियोगितामा प्रवेश शुल्क सेमिफाइनलसम्म सय रुपैयाँ र त्यसपछि नगद रु १ सय ५० निर्धारण गरिएको आयोजकले जनाएको छ  ।

 

सो प्रतियोगितालाई शौर्य सिमेन्ट इन्डष्ट्रिज प्रालिले मुख्य प्रायोजन गरको छ । 

 

कसको खेल कति गते ?

 

कुल ८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एवाइसी र एन्फा तनहुँ भिड्ने छन् ।

 

उक्त खेल दिनको १ बजे सुरु हुनेछ । 

 

यस्तै दोस्रो खेल नेपाल सिद्धिदल गण पश्चिम पृतना हेक्वा र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयबीच हुनेछ ।

 

यस्तै २४ गते कास्की ११ र एन्फा स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । २५ गते  नेपाली प्रहरी गण्डकी प्रदेश र एन्फा गोरखा भिड्नेछन् । 

 

२६ गते पहिलो सेमिफाइनल र २७ गते दोस्रो सेमिफाइनल खेल हुनेछ । फाइनल भने, २९ गते दिउँसो १ बजे सञ्चानल गरिने आयोजकले जनाएको छ ।


 

यो पनि पढ्नुहोस

 

पोखरा:   एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा मधेश युनाइटेडले पोखरा निन्जाजमाथी सहज जित निकालेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको तेस्रो खेलमा मधेशले पोखरालाई ३&n...

थप पढ्नुहोस्

पोखरा: खौलालाँकुरी पोखरा सम्पर्क समाजले शनिवार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ ।  समाजले गत वर्षदेखि रक्तदान कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दि...

थप पढ्नुहोस्

पोखरा:  सहारा क्लब पोखराद्वारा हरेक वर्ष प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार केशव पाठकलाई प्रदान गरिने भएको छ ।  क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्...

थप पढ्नुहोस्