प्याब्सन स्पोर्टस् मिटको मार्चपासमा विन्ध्येश्वरी विजयी
पाेखरा | मंसिर १९, २०८१
पोखरा: निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्की को १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ को मार्चपासमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल विजयी बनेको छ ।
पोखरा महानगरपालिका १ मोहरीयाटोलमा अवस्थित विन्ध्येश्वरी आदर्श अन्य विद्यालयलाई पछि पार्दै विजयी बनेको हो ।
मार्चपासमा मेरिगोल्ड दोस्रो स्थान हाँसिल गर्याे भने, ढुङ्गे साँघु विद्यालय तेस्रो बन्यो ।
यसैगरी हार्भड, सोसल पब्लिक, फिस्टेल र विभुती शिक्षा सदन विद्यालय सान्त्वना स्थान हाँसिल गरे ।
पोखरा रंगशालामा सुरु भएको १८ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको औपचारिक उद्घाटन खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री चौधरीले कास्की प्याब्सनले नेपाली खेलकुदमा खेलाडी उत्पादनमा अहम भूमिका खेलेको बताउँदै आफ्ना विद्यार्थीहरुलाई राष्ट्रियता, अनुशासन, मेहनत र लगनशिलतालाईसमेत आत्मसात गराउनु पर्नेमा जोड दिएका थिए ।
१८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा प्याब्सन कास्कीका ९९ विद्यालयमध्ये ८८ विद्यालयहरुको सहभागिता रहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

