प्याब्सन स्पोर्टस् मिटको मार्चपासमा विन्ध्येश्वरी विजयी

पाेखरा | मंसिर १९, २०८१

प्याब्सन स्पोर्टस् मिटको मार्चपासमा विन्ध्येश्वरी विजयी

पोखरा:  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्की को १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ को मार्चपासमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल विजयी बनेको छ ।

 

पोखरा महानगरपालिका १ मोहरीयाटोलमा अवस्थित विन्ध्येश्वरी आदर्श अन्य विद्यालयलाई पछि पार्दै विजयी बनेको हो ।
 

मार्चपासमा मेरिगोल्ड दोस्रो स्थान हाँसिल गर्याे भने, ढुङ्गे साँघु विद्यालय तेस्रो बन्यो ।

 

यसैगरी हार्भड, सोसल पब्लिक, फिस्टेल र विभुती शिक्षा सदन विद्यालय सान्त्वना स्थान हाँसिल गरे ।

 

पोखरा रंगशालामा सुरु भएको १८ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको औपचारिक उद्घाटन खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका थिए ।

 

सो अवसरमा बोल्दै मन्त्री चौधरीले कास्की प्याब्सनले नेपाली खेलकुदमा खेलाडी उत्पादनमा अहम भूमिका खेलेको बताउँदै आफ्ना विद्यार्थीहरुलाई राष्ट्रियता, अनुशासन, मेहनत र लगनशिलतालाईसमेत आत्मसात गराउनु पर्नेमा जोड दिएका थिए ।

 

१८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा प्याब्सन कास्कीका ९९ विद्यालयमध्ये ८८ विद्यालयहरुको सहभागिता रहेको छ । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्