इलाम गोल्डकपको तयारी पूरा

इलाम | मंसिर २१, २०८१

इलाम गोल्डकपको तयारी पूरा

इलाम:    १० लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा भोलिदेखि यही मङ्सिर २९ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव प्रकाश घिमिरेले बताउनुभयो ।


१२ हजार  दर्शक अटाउने प्यारापिट, मञ्चलगायतका सम्पूर्ण तयारी पूरा भएको तथा प्रतियोगितमा भाग लिन डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र सङ्कटा क्लब इलाम आइसकेका छन् । 


प्रतियोगितमा भिड्ने त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, दार्जिलिङको जिटिएका खेलाडी आउन बाँकी छ । स्पर्धामा आयोजक रेड हर्स क्ब पनि सहभागी हुनेछ । 


उक्त क्लबले गत वर्ष पहिलोपटक प्रतियोगिता आयोजना गरेको थियो । विजेताले उपाधिसहित नगद रु १० लाख र उपविजेताले रु ५ लाख पुरस्कार पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई रु २५ हजार नगद प्रदान गरिनेछ ।

काठमाडौं:  आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयक...

थप पढ्नुहोस्

काठमाडौं: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बै...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।   नियमित कार्यसूची तथा आज भएको ‘जेनजी’ पुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न ...

थप पढ्नुहोस्