चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन

चितवन | मंसिर २२, २०८१

चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन

चितवन:    चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याएको छ । 

पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका हुन् । 


होमस्टेको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शुभारम्भ गर्नुहुँदै यसबाट स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 


उहाँले भन्नुभयो, “नजिकै रहेको उपर्दाङ्गगढीमा अध्ययन अवलोकनका लागि पर्यटक आउने गर्छन्, धेरै पर्यटक आउँदा गढीका होमस्टेमा बास नै पाइँदैन ती पर्यटक यहाँ बास बस्न आउँछन् जसले गर्दा स्थानीयको आयआर्जनमा टेवा पुग्छ ।”


गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामनामा पर्यटन प्रवद्र्धनका साथै स्थानीयको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाले होमस्टे सञ्चालनमा जोड दिइएको  बताउनुभयो । 


उहाँले घुर्केश गाउँमा पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत १४ घरमा होमस्टे सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको बताउनुभयो । 


होमस्टे प्रवद्र्धन कार्यक्रमले यहाँको पहिचान गुरुङ समुदायको संस्कृति, रीतिरिवाज, रहनसहन, वेशभुषा, आर्थिक आम्दानीलगायतमा टेवा पु¥याउने  बताइएको छ ।  घुर्केश गाउँमा गुरुङ समुदायको बसोबास छ । 


पूर्व–वडाध्यक्षसमेत रहनुभएका स्थानीय चित्रबहादुर गुरुङका अनुसार यहाँ कृषि बैंकसमेत सञ्चालनमा रहेका थिए । त्यस बेला बैंक सञ्चालन भएको घरलाई अहिले पनि बैंक घर भनेर चिनिन्छ । सोही घरमा पनि अहिले होमस्टे सञ्चालनमा रहेको छ । 
 

यसअघि भौगोलिक विकटता र प्रचारप्रसार हुन नसक्दा यो गाउँ ओझेलमा परेको उहाँ बताउनुहुन्छ । तर अहिले गाउँमा सडक बाटो बनेपछि भने पर्यटक आउन थालेका  छन् । 


इच्छाकामनाको पर्यटकीयस्थलको रुपमा परिचित एतिहासिक उपर्दाङ्गगढी किल्ला र मायाटार नजिकै रहेको घुर्केश गाउँमा होमस्टे सञ्चालनसँगै पर्यटकको आवामगन बृद्धि हुने जनाइएको छ । 

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्