पोखरा र गण्डकी प्रदेशमा पर्यटन प्रर्वद्धन गर्न पोखरा व्यवसायी कोशी र मधेश प्रदेश तर्फ

पाेखरा | मंसिर २२, २०८१

पोखरा र गण्डकी प्रदेशमा पर्यटन प्रर्वद्धन गर्न पोखरा व्यवसायी कोशी र मधेश प्रदेश तर्फ

पोखरा:     पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन गर्न पोखराका पर्यटन व्यवसायी पूर्वको भ्रमणमा निस्केका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रलायको सहयोगमा प्रर्वद्धनमा निस्केको हो ।

टोलीले नेपालको मधेश प्रदेश तथा कोशी प्रदेशका मुख्य सहरहरुमा गण्डकी प्रदेशको पर्यटकिय गन्तव्यहरु प्रचारप्रसार, प्रवर्द्धनात्मक र अन्तरक्रिया कार्यक्रमहरु गर्ने छ । शनिबारबाट शुरु भएको अन्तरप्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम मंसिर २८ गते सम्म सञ्चालन हुने नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले जानकारी दिए ।


पर्यटन व्यवसायीहरुको टोलीले मधेश प्रदेशको जनकपुरमा, कोशी प्रदेशको इलाम र विराटनगरमा कार्यक्रम गरी प्रवर्द्धन गरिने नाट्टा गण्डकी पुर्व अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए । 


उनले त्यहाँ स्थित सरकार, स्थानिय निकाय, पर्यटन व्यवसायी, उद्योग व्यवसायी र पत्रकार संग अन्तरक्रिया गरी पोखरा र गण्डकी प्रदेश भ्रमणको निम्तो दिनेछ । उताबाट मात्रै नभै पोखराबाट पनि पर्यटक पठाउनका लागि छलफल हुने अधिकारीले बताए ।


नाट्टाले गण्डकी प्रदेश र पोखराको पर्यटन प्रवर्द्धनका लागि बेला बेलामा स्वदेश र  विदेशमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 


छलफलम भारतका पर्यटन व्यवसायीहरु पनि छलफलमा सहभागी हुने नाट्टा गण्डकीका महासचिब चेतबहादुर कार्कीले बताए । उनीहरु विदाइ गर्दै गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिब कुमानसिंह गुरुङले नेपालको पर्यटनको राजधानी शहर पोखरा र गण्डकी प्रदेश सबै मौसममा भ्रमणको लागी उपयुक्त हुने बताए । उनले प्रवद्र्धनका कार्यक्रमले दुबै क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सहयोगी हुने बताए ।


विगतमा संस्थाले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि प्रवर्द्धनात्मक अवलोकन भ्रमण लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको कार्यक्रम संयोजक संगिता पौडेलले बताइन् । 


प्रर्वद्धनका कार्यक्रमले देश भित्रै आर्थिक गतिविधि बढाउने, स्थानिय संस्कृति, परम्पराको पहिचान गर्न एवं आन्तरिक पर्यटनलाई टेवा पुग्ने विश्वास लिएको बताइन् । भ्रमण टोलीमा ३० जना सहभागी रहेका छन् ।  

काठमाडौं:  नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...

थप पढ्नुहोस्

पाल्पा:   शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...

थप पढ्नुहोस्

भक्तपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा  भएको छ ।  देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

थप पढ्नुहोस्