आदर्श कप सुरु, सजिनको गोलमा एवाइसीको विजयी सुरुवात
पाेखरा | मंसिर २३, २०८१
PHOTO: GOAL NEPAL
लेखनाथ: शनिबारदेखि लेखनाथको भण्डारढिकमा ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने नारासहित २५ औं संस्करणको आदर्श कप सुरु भएको छ ।
आदर्श युवा क्लब भण्डारढिकले ६ वर्षपछि अयाोजना गरेको आदर्श कप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।
उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे ।
सो अवसरमा बोल्दै उनले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उल्लेख गरे ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएको बताए ।

उनले विभिन्न खेल गतिविधिहरुलाई पर्यटनसँग जोडेदै समग्र प्रदेशको विकास गरिने धारणा राखे ।
यसअघि एन्फा तनहुँ र आयोजकबीच भएको उद्घाटन खेलमा आयोजक आदर्श पुवा क्लब विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरको छ ।
आयोजकको जीतमा ४१ औं मिनेटमा आदर्श युवा क्लबका सजिन मगरले निर्णायक गोल गरे । उनै मगर म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेल आज दिउँसो १ बजे नेपाल आर्मी सिद्धिदल गत (पश्चिम पृतना) र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयबीच प्रतिष्पर्धा हुनेछ ।
शौर्य सिमेन्टको मुख्य प्रायोजनमा शनिबारदखि सुरु भएको प्रतियोगिता आगामी २९ गतेसम्म चल्नेछ ।
सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार पाँच सय २५ रुपैयाँ र उपविजेताले नगद रु २ लाख २५ हजार पाँचसय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसैगरी विभिन्न विधामा खेलाडीलाई पनि नगद र ट्रफिसहित पुरस्कृत गरिने क्लबका अध्यक्ष पदम गुरुङले बताए ।
उनका अनुसार क्वाटरफाइनल खेलका लागि प्रवेश शुल्क १ सय र सेमिफाइनल तथा फाइनल खेलका लागि १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

