लेखनाथ नेवा मिसा पुचको आयोजनामा य:मरी उत्सव हुने

पाेखरा | मंसिर २४, २०८१

लेखनाथ नेवा मिसा पुचको आयोजनामा य:मरी उत्सव हुने

पोखरा:    लेखनाथ नेवा खलको आह्वान एवम् लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव गरिनेभएको छ ।

आगामी पुस ६ गते पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसमा यःमरी उत्सव गरिने भएको आज आयोजित पत्रकार सम्मेलनमा लेखनाथ नेवा मिसा पुचका संस्थापक अध्यक्ष एवम् कार्यक्रम मूल आयोजक समितिका संयोजक मेनुुका श्रेष्ठले जानकारी दिनुुभयो । 


नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि उत्सव आयोजना गरिएको उहाँले बताउनुुभयो । संरक्षणको अभावमा हाम्रा संस्कार र संस्कृति हराउँदै गएको बताउँदै उहाँले यःमरी बनाउने र खाने संस्कृतिको जगेर्नाका लागि लेखनाथ क्षेत्रमा पहिलोपटक यो उत्सव गर्न लागिएको जानकारी दिनुुभयो । 


उत्सवका क्रममा विशेषतः यःमरीसँगै समयवजी जस्ता नेवाः संस्कृतिसँग जोडिएका परिकारहरू उपलब्ध गराइने उहाँले बताउनुुभयो । लेखनाथ नेवा खलःका संस्थापक अध्यक्ष प्रेम लिगलले हाम्रा प्राचीन संस्कार र संस्कृतिहरू हाम्रो सभ्यताका पहिचान भएको बताउँदै यिनीहरूको प्रवद्र्धन गर्दै युवा पुस्तामाझ हस्तान्तरण हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो । 


यःमरी पुन्हीका अवसरमा खाइने नेवारी परिकार यःमरीको नेवारी संस्कृतिमा विशिष्ट महत्व रहेको उहाँको भनाइ छ । गगन नेवाः खलका सचिव शरणकुुमार प्रधानले प्राचीन कालदेखि लेखनाथका विभिन्न स्थानमा नेवार समूदाय बस्दै आएको बताउँदै हाल लेखनाथका विभिन्न नौवटा इकाईमा नेवाःसमूदाय संगठित बनेको जानकारी दिनुुभयो । लेखनाथ क्षेत्रमा मात्रै करिब २४५ घरधुरी नेवार समूदायको रहेको उहाँले बताउनुुभयो ।
    

लेखनाथ नेवा मिसा पुचका अध्यक्ष मीना श्रेष्ठको अध्यक्षता एवम् सचिव संगीता श्रेष्ठले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष पवित्रा श्रेष्ठले गर्नुुभएको थियो । लेखनाथ क्षेत्रमा नै पहिलोपटक गरिएको यो उत्सव नेवाः संस्कृतिको जगेर्नाका साथै पुस्तान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो । 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्