पुतलीबजार प्रज्ञा प्रतिष्ठाद्वारा आयोजित तनाव न्युनीकरण विषयक प्रशिक्षण सम्पन्न
काठमाडाैं | मंसिर २४, २०८१
स्याङ्जा: पुतलीबजार प्रज्ञा प्रतिष्ठानको आयोजनामा शनिबार तनाब न्युनिकरण सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
पुतलीबजार नगरकार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू, निजी तथा सरकारी बिद्यालयका प्रधानाध्यापक, बिद्यार्थी लगायतको सहभागिता रहेको प्रशिक्षणमा तनाव न्युनीकरणमा भाषा, कला, साहित्य र संगीतको उपयोग गर्न सकिनेमा जोड दिइयो ।
पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले मुरली बादकलाई मुरी हस्तान्तरण गर्दै शुभारम्भ गरिएको प्रशिक्षणमा पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’ ले तनाब न्युनिकरणमा कला, भाषा, साहित्य र संगीतको महत्व विषयक कार्यपत्र प्रस्तुत गर्नुुभएको थियो ।
ध्यान योग लगायत धेरै विधाहरू तनाव न्युनीकरणका लागि बहुउपयोगी बनेको बताउँदै उहाँले भाषा कला, सािहत्य र संगीत तनाव न्युुनीकरणमा महत्वपूर्ण बन्ने बताउनुुभयो ।
बर्तमानमा हरेक व्यक्तिको व्यस्ततापूर्ण जीवनमा तनाव व्यवस्थापन अपरिहार्य भएको बताउँदै उहाँले यसका लागि भाषा, कला, साहित्य र संगीतको भरपुर उपयोग गर्नसकिने बताउनुुभयो । कार्यपत्र माथि प्रा.डा. ज्ञानबहादुर कार्कीले टिप्पणी गर्नुुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख तुलसीराम रेग्मीले कला, भाषा, साहित्य र संगीतको माध्यमबाट जीवनमा आइपर्ने जुनसुकै तनाबहरुलाई न्युनिकरण गर्न सकिने बताउनुभयो ।
उहाँले ब्यस्त जीवनले उत्पन्न हुन सक्ने मानसिक, सामाजिक तथा शारिरीक थकानलाई घटाउन भाषा, कला, साहित्य र संगीतको उपयोग गर्न सकिनेमा जोड दिनुभयो । भाषा, कला, साहित्य र संगीतको सम्बद्र्धन र संरक्षण नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले त्यसैका लागि पुतलीबजार प्रज्ञा प्रतिष्ठान गठन गरि सहयोग गर्दै आएको जानकारी दिनुुभयो ।
पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीको अध्यक्षता एवम् सदस्य सचिव बाबुराम बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत प्राज्ञ सदस्य भवानी अधिकारीले गर्नुुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख देवी अर्याल, नगर प्रवक्ता मनोज पौडेल, स्याङ्जा साहित्य प्रतिष्ठानका उपाध्यक्ष डा. टिकाराम वाग्ले, त्रिभुवन आदर्श बहुमुखी क्याम्पस प्रमुख अर्जुनबन्धु अर्याल, त्रिभुवन आदर्श मा.वि.का विद्यार्थी संगम ढकाल लगायतले नगरपालिकामा गठित प्रतिष्ठानको महत्व र यसले पु¥याउदै आएको सकारात्मक प्रभावका बारेमा जानकारी गराउनुभयो ।
डा. अच्युतशरण अर्याल, मुक्तिप्रसाद रेग्मी, मनोज मल्ल, विरबहादुर क्षेत्री, प्रमोद पंग्यानी लगायतले भाषा, कला, साहित्य र संगीत सबै प्रााणीजगतका लागि उत्तीकै महत्व रहेकोमा जोड दिनुभयो । सोही कार्यक्रममा योगगुरु बसन्त बराल, सम्झना थापा र लक्ष्मी काफ्ले लगायतले आ–आफ्नो साहित्यिक प्रस्तुती राख्नुभएको थियो ।
काठमाडौं: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय ...
काठमाडौं: रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निर्णय गर्नुभएको छ । निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि ध...
काठमाडौं: मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–२ घर भई काठमाडौं...