घरघरमा स्वच्छ खानेपानी पुरयाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
झापा | मंसिर २४, २०८१
झापा: सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।
सन् २०३० सम्म सबैलाई स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य सरकारले लिएको उल्लेख गर्दै उहाँले ‘१ घर, १ धारा’ नारा अनुसार सबैको घरमा खानेपानी पु¥याउन सरकारले सबै तहको समन्वय र सहकार्यमा काम गरिरहेको बताउनुभयो ।
दमक–३ को उत्तरी क्षेत्रका बासिन्दालाई लक्षित गरी निर्माण गरिएको बेलडाँगी खानेपानी आयोजना उद्घाटन समारोहमा मन्त्री यादवले देशको सामाजिक, आर्थिक विकासमा खानेपानीको महत्व हुने हुँदा स्वच्छ तथा सुलभ ढङ्गले खानेपानी सेवा उपलब्ध गराउन सरकार लागिपरेको स्पष्ट पार्नुभयो ।
जलस्रोतमा नेपाल धनी भए पनि त्यसको प्रचुर उपलब्धतालाई उपयोगमा ल्याउन नसकिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अब नागरिकले खानेपानी चाहियो भन्दै आन्दोलन गर्नु पर्दैन, सरकार खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्न प्रतिबद्ध छ ।”
खानेपानी आयोजनामा उपभोक्तासहित सङ्घीय सरकारको करिब रु ५० करोड लगानी रहेको छ । यसमा उपभोक्ताको १० प्रतिशत र सरकारको ९० प्रतिशत लगानी छ ।
नवनिर्मित खानेपानी आयोजनाबाट दमक–२, ३ र ४ वडाका ६ हजार ५ सय २१ घरधुरी गरी २६ हजार सात सय जनाले खानेपानीको सुविधा पाउने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका निमित्त आयोजना प्रमुख सुरतलाल चौधरीले जानकारी दिनुभयो ।
सो आयोजना आर्थिक वर्ष २०७६÷७७ मा निर्माण थालिएको हो । योसँगै दमकमा तीनवटा खानेपानी आयोजना सञ्चालनमा आउने उहाँको भनाइ थियो ।
यस खानेपानी आयोजनाले दमकको उत्तरी क्षेत्रका बासिन्दाको वर्षौंदेखि स्वच्छ खानेपानीको समस्या समाधान भएको बेलडाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गेहनाथ पोख्रेलले बताउनुभयो ।
कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...
हेमजा: कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

