अन्नपूर्ण अध्यक्ष कप: पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा

भोलिदेखि महिलातर्फको खेल हुने

पाेखरा | मंसिर २७, २०८१

अन्नपूर्ण अध्यक्ष कप: पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा

पोखरा: पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलको समिकरण पूरा भएको छ ।  


कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा सञ्चालन भइरहेको खेलमा सेमिफाइनल समिकरण पुरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । 


पहिलो क्वाटरफाइनल खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)लाई ६५–५३ ले पराजित गर्दै सेमिफाइनल स्थान पक्का ग¥यो । यस्तै दोस्रो खेलमा पर्वतको जलजला गाउँपालिकाले मोदी गाउँपालिकालाई ६४–५८ ले पराजित ग¥यो । 


तेस्रो खेलमा पोखरा महानगरपालिकाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६७–५७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो । 


क्वाटरफाइनलको अन्तिम खेलमा बेनी नगरपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका (ह्वाइट)लाई ६७–५१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश ग¥यो ।  


प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ पहिलो सेमिफाइनलमा पोखरा महानगरपालिका र बेनी नगरपालिकाबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । 


यस्तै दोस्रो सेमिफाइनलमा रघुगंगा गाउँपालिका र जलजला गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै भोलिदेखि महिलातर्फको समेत खेल हुने अध्यक्ष गुरुङले जानकारी दिए । 


महिलातर्फको पहिलो खेल ललितपुर र ग्राण्डबीच हुनेछ । यस्तै दोस्रो खेल अन्नपूर्ण र मर्दीखोलाबीच हुनेछ । 


गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १ लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् । 


विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५÷१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५÷१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ । 


कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ । 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्