एनपिएल क्रिकेट: कर्णाली याक्सद्वारा लुम्बिनी लायन्स पराजित
काठमाडाैं | मंसिर २८, २०८१

काठमाडौं: नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ ।
जितका लागि कर्णाली याक्सले दिएको एक सय २९ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्स निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २३ रनमा समेटियो ।
लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रनको योगदान दिए । ३५ बल खेलेका उनले चार चौका र एक छक्काको सहयोगमा ३६ रन जोडेका हुन् ।
त्यसैगरी सन्दिप जोराले २४ रन बनाए भने आशुतोष घिरैया र साद विन जफरले समान १६÷१६ रन बनाए । अर्जुन साउदले १३ रन जोड्दा कप्तान रोहितकुमार पौडेल १० रनमा आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
लुम्बिनीलाई एक सय २३ रनमा समेट्नेक्रममा कर्णाली याक्सका जिसन मक्सुदले दुई विकेट लिए भने सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र विलियम बोसिस्टोले समान एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय २८ रनको योगफल बनाएको थियो ।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४४ रन जोडेका हुन । त्यसैगरी अर्जुन घर्तीले २५ बलमा दुई चौका र एक छक्काको सहयोगमा २५ रन बनाए ।
ओपनर बाबर हायातले २२ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन जोडे । त्यसैगरी अर्का ओपनर देव खनाल तीन रनमा आउट भए । चालडिक वाल्टनले १३ रन जोड्दा गुलसन झा आठ रनमा आउट भए । कप्तान सोमपाल कामीले सात रन जोडे ।
लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका विकास आग्रीले तीन विकेट लिए भने तिलकराज भण्डारीले दुई विकेट झारे । त्यसैगरी साद विन जाफर र कप्तान रोहितकुमार पौडेलले समान एक एक विकेट लए ।
यसै खेलबाट लुम्बिनी एनपिएलबाट बाहिरिएको छ । जितसँगै कर्णाली याक्सले प्लेअफको सम्भावनालाई बलियो बनाएको छ । आजै हुने दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।
सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको...
पोखराः पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो...
पोखरा: जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...