नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव

गाहामगरलाई सर्वाधिक मत

पाेखरा | मंसिर २९, २०८१

नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव

पोखरा:  नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् ।

 

शनिबार बिहान सम्पन्न भएको मत गणनामा माधव बराल १ सय ५ मतसहित निर्वाचित भए । उनका निकटम प्रतिस्पर्धी राजेन्द्र अधिकारीले ९६ मत ल्याए । शुक्रबार सम्पन्न भएको मतदानमा २ सय २० मतदाता मध्य २ सय ५ जनाले मतदान गरेका थिए । 


महासंघको उपाध्यक्षमा माधप प्रसाद रेग्मी निर्वाचित भए । रेग्मीले ९० उनका प्रतिस्पर्धी श्रीराम सिग्देलले ७७ र कमल पौडेल‘अथक’ले ३५ मत ल्याए । महिला उपाध्यक्षमा १ सय ९ मतसहित कञ्चन थापा निर्वाचित भईन् । उनकी प्रतिस्पर्धी विना कुमारी थापाले ८७ मत ल्याईन् । 


सचिवमा १ सय २ मतसहित भुपाल गुरुङ निर्वाचित भए । उनका प्रतिस्पर्धी सन्देश श्रेष्ठले ९८ मत ल्याए । यस्तै समावेशी सहसचिवमा १ सय २६मत सहित धनबहादुर गुरुङ (सुमन) निर्वाचित भए । उनका प्रतिस्पर्धी दिलप्रसाद गुरुङले ७२ मत ल्याए । 


खुल्ला सचिवमा मधु अधिकारी १ सय १८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी श्रीभद्र पौडेलले ८० मत ल्याए । कोषाध्यक्षमा राजाराम पौडेल १ सय १७ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुरेश अधिकारीले ८० मत ल्याए । 


गाहामगरलाई सर्वाधिक मत


नेपाल पत्रकार महासंघ कास्की शाखाको खुल्ला सदस्यमा सुनगाभा न्यूजका सम्पादक अर्जुन गाहामगर (सुशान्त) सर्वाधिक मतसहित निर्वाचित भए । उनले १ सय ५१ मत ल्याए । 


कसले कति मत ल्याए ? (मत परिणामसहित) 

 

सदस्य (खुला)
अर्जुन सुशान्त गाहा: १५१
गौरव त्रिपाठी: १४३
चिरञ्जिवी पौडेल: ८२
तुलसीराम सुवेदीः १०७
दीपक श्रेष्ठ: १०३
निराजन अधिकारी: १०६
पुष्पराज दाहाल: १०४
बालकुमारी पौडेल: १२९
विष्णु गौतम: ८८
राजु गिरी:१३२
रिखिराम जि.सी: ११७
सन्तोष सुवेदी: १२८
सन्दीप पौडेल: १०३

राष्ट्रिय परिषद सदस्य

अमृतराज उपाध्याय: ५०
आरजु सल्यानी मनहनकुमार विष्ट: १२४
ऋषिराम बराल: ५०
कृष्ण दवाडी: ८९
कृष्णमणि बराल:१०९
दिननाथ बराल:११६
भरत कोईराला: १०८
मानबहादुर घर्ती: ८१
राजबहादुर गुरुङ: १०८
 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्