एनपिएलः विराटनगरद्वारा काठमाडौँ सामु ११८ रनको लक्ष्य प्रस्तुत

काठमाडाैं | मंसिर ३०, २०८१

एनपिएलः विराटनगरद्वारा काठमाडौँ सामु ११८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं:    नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले काठमाडौँ गुर्खाज सामु जितका लागि १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 


त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर १ सय १७ रन बनाएको हो । 


विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा १ छक्का र १ चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् । दीपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे । 


विराटनगरका लागि लोकेश बमले ८, सुवास भण्डारीले छ, इस्मत आलमले ५ र क्रिस सोलले १ रनको योगदान दिए । यो खेलमा विराटनगरले अतिरिक्त १२ रन प्राप्त गरेको छ । 


बलिङतर्फ काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक तीन विकेट हात पारे । यस्तै, दिपेश कँडेलले २ विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले १÷१ विकेट लिए । अहिले काठमाडौँले जवाफी ब्याटिङ गरिरहेको छ । 

पोखरा:  गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भौतिक तथा वित्तीय प्रगति चार वर्ष यताकै उच्च रहेको छ ।      गण्डकी प्रदेश सभाको आजको बैठकमा यस अघि प्रदेश सभा बैठक...

थप पढ्नुहोस्

पोखरा:  नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा देशभरका निजी तथा आवासीय विद्यालय आन्दोलित छन् । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको  निजी तथा आवसीय विद्यालयलाई गैर नाफा मुलक बनाउन...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था ...

थप पढ्नुहोस्