एनपिएल: सुदूरपश्चिमले क्वालिफायर खेल्ने, प्लेअफको समीकरण पूरा
काठमाडाैं | पुस १, २०८१
काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । सोमवार भएको खेलमा सुदूरपश्चिमले कर्णालीमाथी ६ विकेटको जित हात पारेको हो ।
कर्णाली याक्सले दिएको १ सय २ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । यो जितका साथ बुधवार हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुर बोल्ट्ससँगको भेट पक्का गरेको हो ।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान ३८ रन जोडे । इशान नट आउट रहँदा कप्तान दीपेन्द्र नन्दन यादवको बलमा आउट भए । ओपनर सेफ जेबले ११ रन जोडे ।
कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय १ रनको योगफल तयार गर्यो ।
कर्णालीका जिशान मक्शुदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा ४ चौका प्रहार गरे । मक्शुद १८औं ओभरको चौथो बलमा कप्तान दीपेन्द्र सिंह ऐरीको बलमा आउट भए । पाँचौ विकेटका लागि विलियम बोसिस्टो र मक्शुदले ३९ रनको साझेदारी गरे ।
बोसिस्टोले २४ बलमा १६ रन जोड्दै कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए । चाल्डिक वाल्टन १६ बलमा १४ रन जोड्दै आउट भए । उनलाई सेफ अली जेबको एलबिडबलु सिकारमा परे ।
ओपनर बाबर हायत ९ बलमा १३ रन जोड्दै आउट भए । दोस्रो ओभरको अन्तिम बलमा बाबर आउट भएका हुन् । लगातार २ चौका प्रहार गरेका बाबरले तेस्रो बलमा समेत ठुलो सटको प्रयास गर्दा अभिनाश बोहोराको बलमा आउट भए ।
पहिलो ओभरको अन्तिम बलमा कर्णालीले ओपनर रित गौतमलाई रनको खाता नखोल्दै गुमाएको थियो । तेस्रो विकेटका रुपमा देव खनाल १२ बलमा ७ रन जोड्दै रन आउट भए ।
दोस्रो ओभरको पहिलो बलमा स्कट कुग्गेलेइनको बलमा बाबरको प्रहार बचाउने क्रममा बाउन्ड्रिमा नरेन साउद घाइते हुन पुगे । नरेन घाइते भएपछि फिल्डिङमा खडक बोहोरा गएका थिए ।
कप्तान सोमपाल कामी ९ बलमा ११ रन जोड्दै कुग्गेलेइनको बलमा आउट भए । गुलशन झा २ बलमा २ रन जोड्दै रन आउट भए । सुदूरपश्चिमका लागि हर्मित सिंहले ३, कप्तान दीपेन्द्र र कुग्गेलेइनले समान २ तथा सेफ अली जेब र हर्मित सिंहले समान १ विकेट लिए ।
प्लेअफको समीकरण पूरा
एनपिएलको लिग चरणका खेलहरू सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ । सुदूरपश्चिमसँग हारका बाबजुद पनि कर्णाली प्लेअफमा पुगेको हो ।
काठमाडौँ गुर्खाज भने प्लेअफको दौडबाट बाहिरिएको छ । जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन् ।
एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने पक्का भएको छ भने चितवन र कर्णालीबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

