पाकिस्तानविरुद्ध नेपाल ६ विकेटले विजयी
काठमाडाैं | पुस १, २०८१
काठमाडौं: महिला यु–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई छ विकेटले हराएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा सोमबार पाकिस्तानले दिएको एक सय पाँच रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो ।
नेपालका लागि कप्तान पुजा महतोले ४७ बलमा तीन चौकाको मद्धतले ४७ रन बनाएकी हुन् । यस्तै, सोनी पाख्रिनले १३, सिमाना केसीले १२, साना प्रवीणले १० र सावित्री धामीले ८ रनको योगदान दिइन् । नेपालले अतिरिक्त १५ रन पायो ।
बलिङतर्फ पाकिस्तानकी फातिमा खान र क्वारातुलेनले समान एक/एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको थियो । पाकिस्तानका लागि कोमल खानले ४४ बलमा दुई चौकासहित ३८ रन बनाइन् । यस्तै, महम अनीसले नटआउट २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२, फातिमा खानले नटआउट छ रन बनाइन् भने अरीशा अन्सारीले एक रन जोडिन् ।
बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक÷एक विकेट लिइन् । यो सँगै नेपाल सुपर फोरमा प्रवेश गरेको छ ।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदे...
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

