देश र जनताका पक्षमा कलम चलाउन उपाध्यक्ष भुसालको आग्रह

ललितपुर | पुस ३, २०८१

देश र जनताका पक्षमा कलम चलाउन उपाध्यक्ष भुसालको आग्रह

ललितपुर:    नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उपाध्यक्ष पम्फा भुसालले देश र जनताका पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।
 

नेपाल पत्रकार महासङ्घ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उपाध्यक्ष भुसालले पत्रकारिता क्षेत्र जनतालाई सुसूचित गर्ने महत्वपूर्ण पेसा भएकाले निष्पक्ष भएर समाजलाई  सत्मार्ग लाग्न प्रेरणा दिनुपर्ने बताउनुभयो । 
 

“ सूचना तथा सञ्चार प्रविधिको विकाससँगै पत्रकारिताको दायरा पनि फराकिलो हुँदै गएको छ, नागरिकस्तरमा पनि पत्रकारिताको अभ्यास हुन थालेकाले समाजलाई सही बाटोमा हिँडाउनका निष्पक्ष पत्रकारिता हुनुपर्छ”, उहाँले भन्नुभयो । 
 

संविधानप्रदत्त अधिकार उपयोग गरेर सामाजिक परिवर्तनमा सञ्चारकर्मी लाग्नुपर्नेमा जोड दिँदै पूर्वमन्त्री भुसालले समाजमा व्याप्त विकृति, विसङ्गति एवं राज्यका गलत कार्यलाई खबरदारी गर्न पत्रकारहरू निर्भीकतापूर्वक लाग्नुपर्छ भन्नुभयो । 
 

शाखाका अध्यक्ष रामहरि कार्कीले महासङ्घलाई एकताबद्ध बनाएर जनताका पक्षमा पैरवी गर्ने जिम्मेवारीप्रति आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
 

काठमाडौं:   अविरल वर्षासँगै आएको बाढीपहिराका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन्  ।  प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको ...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशसभाले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने विशेष ऐन पारित गरेसँगै सम्बन्धित व्यक्ति र सरोकारवालाई उत्साहित बनाएको छ ।  यससँगै दया वा सहानुभूतिमा सीमित भएर हेर्ने पु...

थप पढ्नुहोस्

अर्घाखाँची:  आफ्नै श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेको आरोपमा छत्रदेव गाउँपालिका-४ पातले बस्ने ३६ वर्षीय किरण गुरूङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । किरणले सुनिताको हत्या गर...

थप पढ्नुहोस्